हेटौंडा / हेटौंडा–२ मा रहेको ग्रामीण बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा २१ करोड ६० लाख रुपैयाँ बचत संकलन गरेको छ । बचत तथा ऋण संकलनको काम गर्दै आएको सहकारीले बितेको आर्थिक वर्ष २०७५÷७६ मा १९ करोड ९७ लाख रुपैयाँ बचतकर्तालाई रकम फिर्ता गरेको छ ।एक हजार दुई सय ९ जना शेयर सदस्य रहेको सहकारीमा ६९ लाख ५० हजार रुपैयाँ कुल चुक्ता पुँजी रहेको छ । सहकारीले बितेको आर्थिक वर्षमा ३ करोड १९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । जसमध्ये १९ करोड ९७ लाख ५६ हजार रुपैयाँ ऋण असुलीसमेत गरिसकेको छ ।

संस्थाको शनिबार भएको २० औं वार्षिक साधारणसभामा कोषाध्यक्ष राजेन्द्र मैनालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार ऋण लगानीबाट संस्थाले ३७ लाख ८३ हजार रुपैयाँ ब्याज संकलनसमेत गरेको छ । संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, हेटौंडा–१२ का वडाध्यक्ष ललित घलान, हेटौंडा–२ का वडा सदस्य महेश्वरमान श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैबीच सहकारीको ७ औं अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा पुनः राजु अधिकारी चयन भएका छन् । जसको उपाध्यक्षमा भोलाप्रसाद अर्याल, सचिव प्रतिमा श्रेष्ठ, सहसचिव शंकर रोक्का, कोषाध्यक्ष राजेन्द्र मैनाली रहेका छन् । ११ सदस्यीय कार्यसमितिमा शरण घले, गीता कोइराला अर्याल, जयराम अर्याल, कृष्णप्रसाद घिमिरे, प्रदिप अधिकारी, राजेन्द्रप्रसाद पुडासैनी चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा पूर्णप्रसाद पुडासैनी चयन भएका छन् ।