शम्भु विडारी
मेरो नाम शम्भु विडारी हो । म २५ वर्षको भए“ । मेरो घर मनहरी गाँउपालिका वडा नम्बर ४ मा छ । मेरो परिवारमा आमा, बुवा, ३ जना दाई, भाउजुहरु र दिदीहरु हुनुहुन्छ ।

मैले ९ कक्षा मात्रै अध्ययन गरेको छु । त्यसपछि पढाई छोडेर सस्ंकृत पढ्न हेटौंडा १० राप्तिपुल मुनि रहेको गोरक्षश्वर मन्दिरमा आएँ । त्यहाँ ३ वर्ष लगाएर मैलै पूर्व मध्यमा पास गरेँ । घरमा बुवा र दाईले पनि ज्योतिष विधा गर्ने हुँदा मलाई पनि उहाँहरुले ज्योतिष पढ्न प्रेरित गर्नुभयो । म बोल्दा थोरै तोतेबोली निस्कने र हिँड्दा धन्मन्नीने हुन्छ । सानैदेखि म शारीरिक रुपमा अशक्त नै थिएँ ।

१२ वर्षको उमेरदेखि मात्रै मैले हिँड्न थालेको हुँ । त्यसैले म १० वर्षदेखि मात्रै पढ्न थालेको थिएँ । दिदीहरुले बोकेर मलाई पढ्न स्कुल लैजानुहुन्थ्यो । घर परिवारको माया र मेरो आत्मविश्वासले गर्दा बाहिरीरुपमा कमजोर भएपनि भित्रबाट म आफूलाई अरु जति नै सशक्त सम्झन्छु । शारीरिकरुपमा अशक्त भए पनि ९ कक्षासम्म कक्षामा म सधै पहिलो हुन्थेँ । एकपटक भनेको सबैकुरा मलाई याद हुन्छ । मैले पढाई सकेको दुई वर्ष भयो । ज्योतिष विधा गरेर महिनामा पाँचहजार कमाउँछु । त्यो भन्दा बाहेक पत्रिका बेच्ने काम पनि गर्छु । सबै गरेर महिनामा १० देखि १५ हजार कमाउँछु । हाम्रो वडामा अहिलेसम्म कसैले पनि गुरुकुलमा बसेर ज्योतिष पढेको थिएनन् । सबैभन्दा पहिला मैले नै गुरुकुलमा बसेर पढेको भएर सबैले राम्रो भन्नुहुन्छ । शारीरिक रुपमा अशक्त भएपछि अरु काम गर्न नसकिएला भनेर पनि मैले यो काम गर्न आएको हो । ज्योतिष विधा भने म सजिलैसँग गर्नसक्छु । मेरो अहिलेसम्म बिहे भएको छैन ।

आफै पनि शारीरिकरुपमा अशक्त भएकोले बिहे नगरौं भन्ने सोच बनाएको छु । हुन त मान्छे बलियो हुनलाई शारीरिक भन्दा पनि मानसिकरुपमा सशक्त हुनुपर्छ । आफूले आफूलाई कहिले पनि कमजोर महशुस गनुहुँदैन ।