हेटौंडा, १९ मंसिर÷ मकवानपुरको अतिविकट तथा सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको राक्सिराङ गाउ“पालिकामा विद्युतीकरणका लागि विशेष योजना लागू गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले क्षेत्रीय कार्यालय हेटौंडामार्फत् ‘चेपाङ गाउ“मा विजुली’ कार्यक्रम लागू हुने भएको हो । नेपाल विद्युत्
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा विद्युत नपुगेको विकट
बस्तीमा विद्युत् पु¥याउने गरी उच्च प्राथमिकतामा राखेर ‘चेपाङ गाउ“मा बिजुली’ कार्यक्रम अगाडि बढाउन लागिएको हो ।

‘राक्सिराङ, कैलाश तथा मनहरी गाउ“पालिकासहित मकवानपुरका लागि यस आर्थिक वर्षमा प्राधिकरणले करिब ५० करोड रुपैया“ विनियोजन भएको छ । उक्त बजेटबाट चेपाङ वस्तीलाई उच्च प्राथमिकतामा राखेर काम हुनेछ ।’, बुधबार हेटौंडामा त्यस क्षेत्रका जनप्रतिनिधिहरुस“ग कुराकानी गर्दै घिसिङले गाउ“पालिकाको अवस्था र विद्युतीकरणको विषयमा छलफल गरेका थिए । हाल मनहरी गाउ“पालिकामा विद्युतीकरणको काम सकिएको, कैलाशमा आवश्यक प्रक्रिया अगाडि बढेर टेण्डर आव्हान भइसकेको र अब राक्सिराङलाई विशेष प्राथमिकतामा राखेरकाम गरिने छलफलको क्रममा घिसिङले बताए ।

राक्सिराङ गाउ“पालिका अध्यक्ष राजकुमार मल्लका अनुसार यस गाउ“पालिकामा रहेको करिब पा“चहजार घरधुरीमध्ये मुस्किलले पा“चसय घरधुरीमा मात्र विद्युत् सेवा पुगेको छ । ‘जति स्थानमा विद्युत् सुविधा उपलब्ध छ त्यो सबै नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनबाट होइन । सोलार र गाउ“मा स्थापना भएको मिनी हाइड्रोबाट भएका हुन् ।’, मल्लले गाउ“पालिकाको नौवटा वडामध्ये पा“चवटा वडामा हालसम्म विद्युत सेवा नपुगेको बताए। राक्सिराङको ४, ६, ७, ८ र ९ नम्बरमा विद्युत् पुगेको छैन भने बा“की वडाहरुको केही घरधुरी र स्थानमा मात्र विद्युत् सेवा पुगेको छ ।

राक्सिराङ गाउ“पालिकाको लागि मनहरी, चितवन र पालुङमा रहेको सबस्टेशनबाट विद्युत् लैजानुपर्ने हुन्छ । यस आयोजनाका लागि करिब २० करोड रुपैया“ खर्च लाग्ने अनुमान गरिएको भएपनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने तयार भइसकेको छैन । ‘भौगोलिक अवस्थाका कारण एउटै सबस्टेशनबाट विद्युत् ल्याउन निकै कठिन हुन्छ । त्यसकारण विभिन्न स्थानको सबस्टेशनको प्रयोग गर्नुपर्ने प्रारम्भिक छलफलको क्रममा देखिएको छ ।’, गाउ“पालिका अध्यक्ष मल्लले क्षेत्रीय कार्यालयलाई तत्काल डीपीआर तयार पार्न र सोही अनुसार धमाधम योजना बनाउन निर्देशक घिसिङले निर्देशन दिइसकेका छन् । ‘अहिले सामान्य हुरिबतास आउ“दा पनि गाउ“मा बत्ति बल्दैन । जति पोलहरु रहेका छन् सबै कमजोर छन् ।’ मल्लले भने । तत्काल गाउ“मा नया“ ट्रान्सफर्मर र पोलहरुको समेत आवश्यकता रहेको उनले औंल्याए ।राक्सिराङका केही भागमा मिनी हाइड्रोमार्फत विद्युत् सेवा प्रदान गरिएको छ ।