हेटौंडा/मेलमिलाप दिवसको सन्दर्भ पारेर आयोजित जिल्लास्तरीय एट ए साइड फुटबल प्रतियोगिताको फाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ ।

हेटौंडा उपमहानगरको–२ र ३ नम्बर वडा दोस्रो संस्करणको बीपी कप फुटबल प्रतियोगिता–२०७६ को उपाधिका लागि भिड्ने भएका छन् । हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार भएको सेमिफाइनलमा हेटौंडा–२ ले गढी गाउँपालिकालाई टाइब्रेकरमा ३–२ तथा हेटौंडा–३ ले १९ नम्बर वडालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । टाइब्रेकरमा हेटौंडा–२ को तर्फबाट अनिल थापा, लक्ष्मण विडारी र गणेश राईले गोल गरेका थिए ।

गढीको तर्फबाट टाइब्रेकरमा सुमन भोम्जन र दीपेन्द्र लामाले गोल गरे। खेलमा विजयी टोलीका गोलरक्षक सफल लामिछाने म्यान अफ दी म्याच घोषित भए । हेटौंडा–३ लाई फाइनलमा पु¥याउने क्रममा बादल थिङ एक्लैले दुई गोल गरे । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए ।