SofK;gM jLkL sk km'6an k|ltof]lutf–@)&^ sf] pkflwsf] ;fydf ljh]tf 6f]nL . tl:j/M ;'jf; lj8f/L÷sflGtk'/


हेटौंडा/दोस्रो संस्करणको वीपी कप फुटबल प्रतियोगिता–२०७६ को उपाधि हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडाले जितेको छ ।

बुधबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा भएको फाइनल खेलमा हेटौंडा(३ को चुनौती सडनडेथमा २–१ गोलअन्तरले पन्छाउँदै च्याम्पियन भएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा बराबरी भएपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो । च्याम्पियन टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले नगद २५ हजार रुपैयाू प्राप्त ग¥यो । प्रतियोगितामा विजेता टोलीका अनिल थापा उत्कृष्ट खेलाडी, सफल तिमल्सिना उत्कृष्ट गोलरक्षक, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक तथा लक्ष्मण विडारी उदीयमान खेलाडी घोषित भए । उनीहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच पराजित टोलीका गोलरक्षक गोपी बर्तौला भए ।खेलमा अग्रता भने पराजित टोलीले लिएको थियो ।

उसका लागि पहिलो हाफमा बादल थिङले गोल गरेका थिए । विजेता टोलीका अनिल थापाले दोस्रो हाफमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा पुस १० गतेबाट सुरु भएको प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो । आयोजक संघ अध्यक्ष सविन भट्टचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँका प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै बानियाँले खेलक्षेत्रको विकासमा आफू सधैं साथमा रहेको बताउँदै खेलक्षेत्रको विकास र खेलाडीको हौसलाका लागि आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जनाए । उनले गतमहिना काठमाडौंमा सम्पन्न सागमा मकवानपुरका लागि पदक जिताउन सफल खेलाडीहरुलाई नगदसहित आफ्नो नेतृत्वमा सम्मानित गरिसकेको समेत बताए । प्रदेश ३ सांसद तथा लेखा समिति सभापति न्हुच्छेनारायण श्रेष्ठ, नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख सुनिल दाहाल, नेपाली कांग्रेस जिल्ला सदस्य प्रभातकुमार दाहाल, प्रतियोगिता संयोजक प्रदीप कडेँल र आयोजक संघ उपाध्यक्ष शर्मिला श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रत्येक वर्ष मेलमिलाप दिवसको सन्दर्भ पारेर प्रतियोगिता आयोजना गरिँदै आएको छ । यसवर्ष पनि ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर फाइनल खेल आयोजना गरिएको प्रतियोगिता संयोजक कडेँलले जानकारी दिए ।