मकवानपुर जिल्लाबाट लागूऔÈध ओसारपसारमा संलग्न व्यक्ति पक्राउ पर्ने क्रम बढ्दै गएको छ । लागूऔषध ओसारपसारमात्र नभएर सेवन गर्नेहरुको पनि यहाँ कमी छैन । शनिबारमात्र मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रहरीले हेटौंडा–१५, रातोमाटेबाट दुई छुट्टाछुट्टै सवारीमा लागूऔषध गाँजा लैजाँदै गर्दा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले ३२ किलो गाँजासहित दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले हवाई फायर गरी गाँजा ओसार्न प्रयोग गरिएको भारतीय कारसहित कारमा सवार तीन जनालाई पक्रेको छ । यस्तै, रातोमाटेमा वीरगञ्जतर्फ जाँदै गरेको ट्रकलाई रोक्न खोज्दा ट्रक भगाएपछि प्रहरीले ट्रकलाई पछ्याउँदै चुरियामाईको जंगलबाट ट्रकसहित रहेको २१ किलो गाँजा र एकजना पक्राउ गरेको छ । दिनहुँजसो लागूपदार्थ ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ परिरहनुले लागूऔषध दुव्र्यसनी पनि बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

लागूपदार्थको ओसारपसार र प्रयोग दिनदिनै बढ्दै जाँदा समाजमा थुप्रै विकृति पैदा भएको छ । लागूपदार्थसँगै जन्मिने आपराधिक मानसिकता वास्तवमै खतरनाक र चिन्ताजनक बनिरहेको छ । लागूपदार्थ दुव्र्यसनीमो युवापुस्ता फस्दै जाँदा त्यसले व्यक्ति स्वयम्को भविश्य, स्वास्थ्य र जीवनमा गम्भीर नकारात्मक असर पुग्ने गर्दछ । लागूऔषधका कारण समाजका किशोरकिशोरी र युवाहरु कुलतमा फस्दै जाने हो भने यसले सामाजिक, आर्थिक, शैÔिक विकासमा ठूलो असर पुग्ने निश्चित छ । पछिल्लो समय बढ्दै गएको लागूपदार्थ दुव्र्यसनीका कारण ठूलो युवा जमात बेकम्मा हुने सम्भावना देखिएको छ । अहिले विश्वभर लागूऔÈधको दुरुपयोगबाट धेरै राष्ट्र गम्भीर समस्यामा परेका छन् । अधिकांश मुलुकमा कलिला उमेरका किशोरकिशोरीहरु लागूपदार्थको नशामा फसेका छन् । यसबाट नेपाल पनि अछुतो बन्न सकेको छैन ।

एक तथ्याङ्कअनुसार नेपालमा लागूऔÈध प्रयोग गर्नेहरुको संख्या अढाई लाखभन्दा बढी रहेको छ, जुन खतराको संकेत हो । यो संकेतबाट राज्यले समयमै लागूऔÈध दुरुपयोगका गतिविधि रोक्न, न्यूनीकरण गर्न र सुधार गर्न जरुरी महसुस भएको छ । लागूऔÈध नियन्त्रणमा कानूनी उपायमात्रै प्रभावकारी हुन नसक्ने भएकाले राज्यले यो समस्याको दीर्घकालीन समाधानका लागि विशेÈ नीति निर्माण गर्न जरुरी छ । देशमा लागूऔÈधको खेती, बेचविखन, ओसारपसार र सेवन के कारणले बढिरहेको छ ? भन्ने विषयमा विशेषगरी नीति निर्माता र सुरक्षा संयन्त्रले सूक्ष्म अनुसन्धान गरी निराकरणको उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । स्कूले जीवनबाटै अधिकांशले लागूऔषध सेवन सुरु गर्ने हुँदा विद्यालय तहबाटै लागूऔषध दुव्र्यसनी अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नु आवश्यक भइसकेको छ । लागूऔÈध ओसारपसार र दुव्र्यसनको विकराल समस्या बढ्दै गएमा भविष्यमा मुलुकलाई गम्भीर Ôति पुग्नेतर्फ बेलैमा सचेत बन्नुपर्छ । लागूऔÈधबाट हुने हानि, नोक्सानीबारे राज्यले व्यापक सचेतना जगाउन आवश्यक छ । तीनै तहका सरकार, राज्यका जिम्मेवार निकाय र सरोकारवाला पÔबीच समन्वयन र सहकार्यबाट मात्रै लागूऔषध नियन्त्रण सहज हुनसक्छ ।