हेटौंडा/हेटौडामा स्वर्गीय माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता हुने भएको छ । पुस २६ गतेबाट हुने ३ नम्बर पदेशस्तरीय प्रतियोगितामा प्रदेशका ८ वटा टिमको सहभागिता रहने बताइएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मकवानपुर क्रिकेट संघले छैठौं र सातौ प्रतियोगिताको लागि प्रायोजक हेटौडा एकेडेमीसँग २ बर्षे सम्झौता समेत गरेको छ ।

सम्झौतापत्रमा हेटौडा एकेडेमीको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । खेलका लागि ५ लाख रुपैया खर्च लाग्ने बताइएको छ । प्रतियोगीतालाई सफल पार्न प्रायोजकका रुपमा भूमिका खेल्ने हेटौडा एकेडेमी र संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीलाई संघले धन्यवादसमेत दिएको छ । क्यान मकवानपुरका संस्थापक अध्यक्ष एवम् हेटौडा एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमार्गीले आफनो बुबा स्वर्गीय माधबराज सुमार्गीको नाममा प्रतियोगीता आयोजना गर्न लागिएको बताए ।

२ बर्षपछि फेरि यसलाई निरन्तर आयोजना गर्न आफूहरुको सहयोग रहने उनले बताए । प्रतियोगीतामा पहिलो पाईला शिशु स्याहार केन्द्रकी संचालिका अंकीता सुमार्गीले खेलाडीहरुलाई ग्राउण्डमै पहिलो पाईलाको तर्फबाट खाना खुवाउने ब्यबस्था गरेको बताइन् । पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट संघका सचिब दिपेन्द्र ढकाल, प्रतियोगीता संयोजक एबं क्रिकेट संघ प्रदेश कमिटीका उपाध्यक्ष प्रेम बहादुर क्षेत्री, जिल्ला सदस्य बिनोद प्रधान, जिल्ला उपाध्यक्ष एवम् केन्द्रीय सदस्य करण महत्रा लगायतले यो बर्ष २ र ३ नम्बर प्रदेशका ६ जिल्लालाई मात्र प्रतियोगितामा समेट्न सफल भएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितीय हुने टिमले २० हजार नगत शिल्ड प्रमाणपत्र प्राप्त गर्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।प्रतियोगिताको पहिलो खेल महाबिर कल्ब मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमी बीच हुने आयोजकले बताएको छ । हेटौडाको हुप्राचौरमा प्रतियोगिता हुनेछ ।