हेटौंडा/मकवानपुरको थाहा नगरपालिका–६ बज्रबाराहीमा रहेको बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाबाट रकम चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस २० गते राती सहकारीबाट नगद चार लाख बीस हजार तीन सय सत्तरी रुपैयाँ चोरी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय, पालुङको टोलीले तीन जना अभियुक्तलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसराबर गाउँपालिका ५ मधुवन बस्ने ३९ वर्षीय कृष्ण राज लामा, सोही ठाउँका २८ वर्षीय धनबहादुर रुम्बा र २८ वर्षीय सन्जिव कुमार लामा रहेका छन् । उनीहरुको साथबाट नगद दुई लाख चार हजार रुपैयाँमा चोरीमा प्रयोग भएको भनिएको २ वटा मोटरसाइकलसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासकुमार तामाङले जानकारी दिए ।