हेटौंडा/ जिल्लाको एक मात्र ख्याती प्राप्त मकवानपुर बहुमुखी क्याम्पस पछिल्लो समय लफडा गर्ने थलोको रुपमा परिचित हुन थालेको छ । मकवानपुरको साथै आसपासका जिल्लाका बिद्यार्थीलाई समेत समेटेको क्याम्पसमा दिनहँु विवाद हुदा क्याम्पस उत्कृष्ट शिक्षाको थलोको रुपमा नभई लफडाको थलोको रुपमा परिचित हुन थालेको हो ।

क्याम्पस प्रशासनले गरेको निर्णयको बिरोधदेखि बिद्यार्थीको आपसी विवादले समेत उग्र रुप लिँदा जिल्लामा शैक्षिक हबमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको क्याम्पस विवादित कलेजको रुपमा चर्चामा आउने गर्दछ । क्याम्पसले मासिक शुल्कमा ६५ र भर्ना शुल्कमा एकसय प्रतिशत मुल्यवृद्वि गरेको भन्दै स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) र अनेरास्ववियू क्रान्किारीले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् । क्याम्पसले बिद्यार्थीको ढाड सेक्नेगरी गरेको मुल्यवृद्वी फिर्ता गर्न माग गर्दै ४ दिनदेखि बिद्यार्थीहरु रिले अनशनमा बसिरहेका छन् । बिद्यार्थीको हितको लागि संगठनका नेताहरु अनशन बसिरहदा समान्य कुरामा बढेको विवादले उग्र रुप लिदा क्यापसमा अध्ययन गर्ने ९ जना बिद्यार्थी प्रहरी हिरासतमा पुगेका छन् ।

गत २१ गते कक्षा ११ मा पढ्ने २ जना बिद्यार्थीबीच सामान्य विषयमा कुरा नमिल्दा चर्केको विवादले बिहिबार क्याम्पस प्रशासनमा ठूलो झडप भयो । झडपमा सहभागी ९ जना बिद्यार्थीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासनलाई जिम्मा लगाएको थियो । हाल उनीहरु बिरुद्व जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक हक , स्वास्थ्य, सुविधा र नैतिकता बिरुद्वको कसुर मुद्वा दायर गरी ७ दिनको म्याद थप गरेको छ । दुईजनाको विषयलाई लिएर बढेको विवादले बिहिबार क्याम्पसमा भएको झडपमा प्रहरीले हस्तक्षेप गरेको थियो । बिद्यार्थीको झगडालाई नियन्त्रण गर्न गएको प्रहरीमाथि नै बिद्यार्थीले आक्रमण गरेको भन्दै उनीहरु बिरुद्व मुद्वा दायर गरिएको एक प्रहरी अधिकारीले बताए । प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हाल प्रहरी नियन्त्रणमा रहनेहरुमा एन्जल आले मगर , पासाङ लामा , समिर श्रेष्ठ , रबिन लामा, बिक्रम लामा, ओसुबु लामा, रुपेश तामाङ, बिकास तामाङ र सुदास लामा रहेका छन् ।

यसअघि बुधबार पनि क्याम्पसमा बिद्यार्थीहरुबीच विवाद हँुदा वडा प्रहरी कार्यालय मकवानपुरले ६ जनालाई नियन्त्रणमा लिएको थियो । आगामी दिनमा क्याम्पस प्रशासनमा विवाद नगर्ने भन्दै पक्राउ परेका बिद्यार्थीहरुले माफी मागेपछि उनीहरुलाई छोडिएको थियो । त्यसको भोलीपल्टै कलेजमा अर्को विवाद भएपछि प्रहरीले बिद्यार्थीहरुलाई लाठी चार्ज गर्दै पक्राउ गरेको थियो । क्याम्पसमा दिनहुँ झगडाको विषयमा जिल्लामा मात्रै नभएर राष्ट्रिय रुपमा नै चर्चा भईरहेको छ ।क्याम्पसमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुको नेतृत्व गर्न बिद्यार्थीहरुबाटै चुनिएका स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) सभापति कुमार केसीले क्याम्पसमा भएको झडपबारे आफूलाई केही पनि जानकारी नभएको बताएका छन् । उनले क्याम्पसमा झगडा भएर बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आफुलाई कसैले नबताएको भन्दै आक्रोश पोखे ।

क्याम्पसमा दैनिक बढ्दो झडपको विषयमा केसीसँग प्रतिक्रिया दिा उनले समातिएका बिद्यार्थी क्याम्पसको नभएको समेत प्रतिक्रिया दिएका छन् । क्याम्पस प्रमुख शंकर उपाध्यायले बिहीबारको झगडा क्यापस प्रशासन बाहिर भएकोले क्याम्पसले चासो नदिने बताए । उनले बिद्यार्थीहरुको झडप भएको आफूले पनि सुनेको तर क्याम्पसको गेट बाहिर भएको हँुदा सो झगडाले क्याम्पससँग सरोकार नराख्ने बताए । ‘बाहिर बाटोमा हिँड्दा हिँड्दै त जसको जोसँग पनि झगडा हुन्छ , ती सबै कुराको क्याम्पसले जिम्मा लिएर साध्य लाग्दैन । क्याम्पस भित्रै भएको भए हामीले चासो राख्थ्यो तर बाहिर भएकोले हामीलो यो घटनालाई महत्व दिएकचा छैनौ । ’ उनले भने । उनले क्याम्पसको पोशाकमा नै झगडा भएपनि गेट बाहिर गईसकेपछि भएको झगडाले क्याम्पसको ध्यान केन्द्रित नगर्ने बताए ।