२०६२/०६३ को राजनीतिक परिवर्तन अघिसम्म वर्षेनि धुमधामसाथ राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको राष्ट्रिय एकता दिवस त्यसपछि मनाउन छाडिएको छ ।

नेपाललाई एकीकरण गरेर राष्ट्र निर्माताको रुपमा मानिएका पृथ्वीनारायण शाहको जन्मदिनको अवसर पारेर पुस २७ गते देशव्यापी सार्वजनिक विदा दिई राष्ट्रिय एकता दिवस मनाइन्थ्यो । गोरखाका सानो राज्यको राजपाट आफ्नो जिम्मामा आउनेवित्तिकै २१ वर्षकै उमेरमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेका थिए । काठमाडौं उपत्यका वरपरका भूभागहरुलाई क्रमशः आफ्नो राज्यमा मिलाउँदै काठमाडौं विजयीपछि नेपाल राज्यको स्थापना गरे । बाइसे, चौबीसेलगायत स–साना टुक्रे राज्यलाई एकीकरण गर्दै विशाल नेपाल निर्माणको सुरुवात गरेका कारण नेपालको इतिहासमा पृथ्वीनारायण शाहको विशेष स्थान छ, जसलाई एकता दिवसले वर्षेनि स्मरण गराउँदथ्यो ।

एसियाकै पुरानो स्वतन्त्र राष्ट्र नेपाल एकपटक अहिलेको अवस्थामा आएको होइन । नेपाल राष्ट्र निर्माणमा करिब ३ सय वर्Èअगाडि सानो गोरखा राज्यका राजा नरभूपाल शाहको पुत्रको रुपमा जन्मिएका पृथ्वीनारायण शाहको अग्रणी भूमिका छ । विभिन्न राज्यमा विभाजित भूभागलाई एकीकरण गरी विशाल नेपाल राज्यको निर्माण गर्न नायकीय भूमिका पृथ्वीनारायण शाहले निर्वाह गरेकै कारण नेपाल राज्य बनेको हो । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई उनको निधनपछि बहादुर शाह, राजेन्द्रलक्ष्मी, भीमसेन थापालगायत उनका उत्तराधिकारीले निरन्तरता दिएपछि अहिलेको भन्दा धेरै ठूलो भूभागसहितको विशाल नेपाल निर्माण भएको थियो । तर, विशाल भारतलाई आफ्नो अधिनमा पारेका अँग्रेजसँगको युद्धमा नेपालले आफ्नो एक तिहाई भूभाग गुमाएर अहिलेको नेपाल निर्माण भएको हो ।

विखण्डित राज्यहरुलाई एकीकरण गरी स्वतन्त्र राज्यका रुपमा यसको अस्तित्व जोगाइराख्न पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाकै कारण आज हामी नेपाली भएर चिनिन सकेका हौं । नेपाल राष्ट्र निर्माणमा अग्रणी भूमिका रहेको पृथ्वीनारायण शाहको योगदानको कदर गर्ने र स्मरण गर्ने दिनलाई हामीले विर्सनु हुँदैन । तर, वर्तमान राज्यव्यवस्थाले इतिहास नै मेटाउने धृष्टता गर्दै राष्ट्रिय एकता दिवसको अपरिहार्यतालाई समेत अवमूल्यन गरेको तीतो यथार्थ हाम्रासामु छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नमनाए पनि करिब एक दर्जन धार्मिक समुदाय, एक सय २५ जातजाति, एक सय २३ भाÈाभाÈीको साझा फूलबारी नेपाल निर्माण गरी एकतासूत्रमा आबद्ध गराउने पृथ्वीनारायण शाहको योगदानको इतिहास पक्कै मेटिँदैन । आपसमा वैरभाव व्याप्त राजारजौटाका टुक्रे राज्यलाई एकीकरण गरी पारस्परिक सद्भाव र एकताको बिउ रोपेका पृथ्वीनारायण शाहको मूल्यांकन भई उनको योगदानको कदर एक दिन पक्कै हुनेछ ।

पुस २७ गते इतिहास बनेका एउटा राजाको जन्मदिनमात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाउनु पर्छ । सरकारले पुनः राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय दिवस घोÈित गरेर देशव्यापीरुपमा मनाउनु पर्छ ।