हेटौंडा/हेटौंडा–१ नम्बर वडामा एकल महिला समूह गठन भएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समूह मकवानपुरको आयोजनामा भएको भेलाबाट मैया सुबेदीको अध्यक्षतामा एकल महिला समूह गठन गरिएको हो ।

जसको उपाध्यक्षमा शान्ति लामा रुम्बा, सचिवमा नमिता अधिकारी दाहाल, कोषाध्यक्षमा पूर्णमाया कर्माचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा मिठु सापकोटा, पार्वती सिन्तान, लक्ष्मीदेवी सुबेदी, माइलीमाया बल, फूलमाया गोलेलगायत रहेका छन् । समूहकी जिल्ला अध्यक्ष टीका पौडेलको सभाध्यक्षता तथा हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामा, सल्लाहकार निलम देवकोटा, जिल्ला उपाध्यक्ष शान्ता विश्वकर्मा, जिल्ला सदस्य बाटुली श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

एकल महिलाको हकहितको रक्षा गर्दै आवाज बुलंद गर्ने उद्देश्यले समूह गठन गरिएको बताइएको छ ।