हेटौंडा /निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार भएको विभिन्न प्रतियोगिताअन्तर्गत हिज्जे र बक्तृत्वकला प्रतियोगितामा हेटौंडा–२ मा रहेको बाल जागृति इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम भएका छन् ।

हिज्जे प्रतियोगितामा बालजागृतिका ऋषिका श्रेष्ठ, सुविज्ञा सुबेदी र आयुषा दाहालको टोली पथम भए भने ज्ञानोदय बाल बाटिका आवमसीय माविको शिवानी खड्का, सन्दिपा थापा र दिपन सुनार द्धितीय भए । जिएस निकेतनका मानषी लक्ष्मी केसी, आयुष विष्ट र समर्पण न्यौपानेले तृतीय स्थान हासिल गरे । त्यस्तैगरी बक्तृत्वकला प्रतियोगितामा बालजागृतिका रितिशा सापकोटा प्रथम, नवोदयकी स्वर्णीम भुषाल द्दितीय र ज्ञानोदय आवासीय माविकी अस्मिता थिङ तृतीय भइन् । छात्र भलिबलतर्फ जिएस निकेतनले सोलिड्यारिटीलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको छ भने सुनगाभाले हेटौंडा एकेडेमीलाई हराउँदै अन्तिम दुईमा प्रवेश गरेको छ । तेस्रो स्थानको लागि सोलिड्यारिटी र हेटौंडा एकेडेमी भीड्ने प्याब्सन मकवानपुरका सचिव नविन केसीले जानकारी दिए ।

बिहीबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम सोमबारबाट सकिनेछ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टेबल टेनिस, चित्रकला, चेस प्रतियोगिता, नेपाली तथा अंग्रेजी वक्तृत्वकला, हिज्जे प्रतियोगिता भएको छ । प्रतियोगिताको अन्तिम दिन स्पेलिङ कन्टेक्स्ट, हाजिरीजवाफ र गाउँखाने कथा प्रतियोगिता र छात्र भलिबलको फाइनल खेलको आयोजना गरिएको प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुबेदीले जानकारी दिए ।