SofK;gM x]6f}+8f /g k|ltof]lutf–@)&^ sf dlxnftkm{ pkflw ljh]tfx? . tl:j/M ;'jf; lj8f/L÷sflGtk'/


हेटौंडा/नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने भन्दै शनिबार हेटौंडामा आयोजना भएको ‘हेटौंडा रन’ दौड प्रतियोगितामा सशस्त्र प्रहरी (एपीएफ)का अजित कुमार यादब र बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ विजयी भएका छन् । पुरुषतर्फ दश किलोमिटर र महिलातर्फ पाूच किलोमिटर दौड प्रतियोगिता गरिएको थियो । हेटौंडाको हुप्रचौरबाट सुरु भई विभिन्न भागको परिक्रमापश्चात हुप्रचौरमा आएर सकिएको थियो ।

दौडमा पुरुषतर्फ एपीएफका अजितले निर्धारित दुरी ३१ मिनेट ६ सेकेण्डमा पूरा गर्दा महिला पाूच किलोमिटरतर्फ सन्तोषीले १८ मिनेट १२ सेकेण्डमा दौड पूरा गरेकी थिइन् । अजितले निर्धारित दुरी ३१ मिनेट ०६ सेकेण्डमा पूरा गर्दा महिला पाँच किलोमिटरतर्फ सन्तोषीले १८ मिनेट १२ सेकेण्डमा आफ्नो दौड पूरा गरिन् । पुरुष दश किलोमिटरतर्फ दोस्रो भएका नेपाली सेनाका टंक कार्कीले निर्धारित दुरी ३१ मिनेट ३४ सेकेण्डमा पुरा गर्दा तेस्रो भएका एपीएफका गणेश सिंह ठकुरीले ३२ मिनेट ४ सकेण्डमा दुरी पार गरे । नेपाली सेनाका शिव रायमाझी ३२ मिनेट ०५ सेकेण्ड दशकिलोमिटर पार गर्दै चौथो स्थानमा रहूदा पाँचौ भएका नेपाली सेनाकै जीवन लामा ३५ मिनेट ं१५ सकेण्डमा निश्चित दुरी पार गरे ।

महिला पाँच किलोमिटरतर्फ विभागी खेलाडीलाई पछाडि पार्दै बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ उपाधि चुम्न सफल भइन् । दोस्रो भएकी नेपाल प्रहरीकी राजपुरा पछाईले १८ मिनेट १२ सेकेण्ड तथा तेस्रो भएकी नेपाली सेनाकी सरस्वती भट्टराईले १९ मिनेट ४९ सेकेण्डमा दुरी पूरा गरिन् । बागमती प्रदेशकी जुनेली सुनार २१ मिनेट ३ सेकेण्ड तथा प्रदेश २ की सोमकला राईले २१ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै क्रमशः चौथो र पाँचौ स्थानमा रहे ।बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशको संयोजनमा प्रतियोगिता भएको हो । पुरुष तथा महिलातर्फ प्रथमदेखि पाँचौ स्थानमा दौड पूरा गर्नेहरुले क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ, दश र पाँचहजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

विजेता खेलाडीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताकैबीच बिना पुरस्कारको ३ किमिको ‘फन रन’को पनि आयोजना गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा कार्यक्रम संयोजक मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संयोजन गरेको पर्वतीय खेलकुद महासंघका सचिव सफल अधिकारीका अनुसार प्रतियोगितामा करिब ५ हजार जनाले भाग लिएका थिए ।