हेटौंडा,/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित हुप्रचौरमा भएको जिल्ला स्तरीय शिक्षक भलिबलको उपाधि बकैया गाउँपालिका वडा नंबर ४ स्थित महेन्द्र मावि छतिवनले हात पारेको छ । गत वर्षको उपविजेता महेन्द्र मावि छतिवन यस पटक भने उपाधि चुम्न बाट चुकेन ।
आज भएको फाईनल खेलमा राक्सीराङ गाउँपालिका वडा नंबर ३ स्थित सुर्योदय मावि सरिखेतलाई सोझो सेटमा हराउँदै महेन्द्रले जिल्ला स्तरिय शिक्षक भलिबलको उपाधि हात पारेको हो । महेन्द्र मावि छतिवनले सुर्योदय मावि सरिखेतलाई पहिलो सेटमा २५–२० अंकले हराएको थियो भने क्रमश दोस्रो र तेस्रो सेटमा पनि २५–१६ र २५–१७ अंकमा हराउन सफल भयो । जिल्ला स्तरिय शिक्षक भलिवलको उपाधि सगैं महेन्द्र मावि छतिवनले नगद २० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी सुर्योदय मावि सरिखेतले दोस्रो स्थानमा चित्त बुझाएको छ । सुर्योदयले नगद १० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताको तेस्रो स्थान जनक मावि भिरकोटले लिएको छ । जनकले नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । गत वर्षको विजेता समेत रहेको जनक माविले यस पटक भने तेस्रो स्थानमा चित्त बुझाएको छ । जनक मावि सेमिफाईन खेलमा सुर्योदय मावि सरिखेत संग पराजित भएको थियो ।