हेटौंडा/नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७६ को सेमिफाइनल समिकरण पूरा भएको छ ।हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा जारी प्रतियोगिताअन्तर्गत् बिहीबार लिगचरण र अन्तिम आठका खेलहरु सकिएका छन् ।

अन्तिम आठको खेल सकिएसँगै सेमिफाइनलमा समिकरण पूरा भएको हो । पुरुषतर्फ सेमिफाइनलमा हेटौंडा–५ ले १७ र ११ ले १२ सूग प्रतिस्पधौ गर्नेछन । पुरुषतफको अन्तिम आठको खेलमा हेटौंडा १७ ले १९ लाई, ५ ले १३ लाई, १२ ले ६ र ११ ले ८ लाई पराजित गरेको थियो । सेमिफाइनल शुक्रबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत् महिलातर्फ फाइनलमा प्रवेशका लागि हेटौंडा–१४ ले ९ लाई र हेटौंडा–१९ ले ११ लाई पराजित गरेको थियो । सेमिफाइलनमा प्रवेश गर्ने क्रममा हेटौंडा–१४ ले १२ लाई, हेटौंडा–९ ले १७ लाई, हेटौंडा–१९ ले ८ लाई र हेटौंडा–११ ले ५ नम्बर वडालाई पराजित गरेको थियो । महिलातर्फको सेमिफाइनल पनि शुक्रबार नै हुनेछ । केशवलाल श्रेष्ठ स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा पुरुष र महिलातर्फ दश÷दशवटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको महिला तथा पुरुषतर्फका विजेता तथा उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नगरकप भलिबलबाट महिला तथा पुरुषतर्फ नयाँ खेलाडी उत्पादन हुने र नगरको टोली बनाउ सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।