हेटौंड/ नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७६ को उपाधी क्रमशः १९ र १२ नम्बर वडाले जितेको छ । हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा भएको फाइनल खेलमा पुरुषतर्फ १२ ले ५ नम्बर वडालाई तथा महिलातर्फ १९ नम्बरले १४ नम्बर वडालाई पराजित गर्दै च्याम्पियन भएको हो । पुरुषतर्फ १२ ले ५ लाई १५–२५, २५–१७, २५–१५, १५–२५ तथा १६–१४ को सेटमा पराजित गरेको थियो । महिलातर्फ १९ ले १४ नम्बर वडालाई सोझो सेटमा पराजित गरेको थियो । १९ ले १४ लाई पराजित गर्ने क्रममा २५–१९, २५–१५ र २५–१७ को स्कोर निकालेको थियो । प्रतियोगितामा च्याम्पियन भएको महिला तथा पुरुष टोलीले ५०÷५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले नगद ३० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।

केशबलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा पुरुष र महिलातर्फ दश÷दश टोलीको सहभागिता रहेको थियो । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाले पुरस्कार वितरण गरेकी थिइन् । प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–१२ का बुद्धिकृष्ण दंगाल सर्वोत्कृष्ट खेलाडी घोषित भए । हेटौंडा–१२ सुमन स्याङ्तान उत्कृष्ट सेटर, हेटौंडा–११ का निरन सापकोटा उत्कृष्ट डिफेन्डर, हेटौंडा–५ का प्रकाश चौलागाईं उत्कृष्ट स्पाइकर र निरपेश जोशी ब्लकर घोषित भए । उनीहरुले जनही नगद दुईहजार पा“चसय रुपैयाँ हात पारे ।

महिलातर्फ हेटौंडा–१९ की सपना बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन हेटौंडा–१४ का सरस्वती खड्का र सञ्चमाया थिङ उदीयमान खेलाडी घोषितहुँदा हेटौंडा–१९ की सुजिता थापा उत्कृष्ट सेटर र हेटौंडा–९ की आयुषा सिंह उत्कृष्ट डिफेन्डर घोषित भए । आयोजक अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष तथा खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितालाई वर्षेनी आयोजना गरिने आयोजकले जनाएको छ ।यसप्रतियोगिताबाट उत्कृष्ट भएका र राम्रो प्रदर्शन गरेका खेलाडीहरु छनौट गरी नगरस्तरीय टोली तयार पारिने समेत बताइएको छ ।

प्रतियोगिताको समापन समारोहमा मकवानपुरको प्रतिनिधित्व गर्दै भलिबलको राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सफल पूर्वराष्ट्रिय खेलाडी चुडाकुमारी खड्का, भलिबल रेफ्री रुद्रहरि कर्माचार्य तथा खेल क्षेत्रलाई सधै सहयोग गर्दै आइरहेको शैक्षिक व्यक्तित्व पुरणबहादुर जोशीलाई सम्मानित गरिएको थियो ।