हेटौंडा/ेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरमा १५ शैय्याको सिद्धस्थली रुरल कम्युनिटी अस्पताल बन्ने भएको छ । हिमालय मुटु नेपाल संस्थाले निर्माण गर्न लागेको अस्पतालको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शुक्रबार शिलान्यास गरेका हुन् ।
अस्पतालको शिलान्यास गदैै मेयर महतले उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्रथमिकतामा राखेर काम गरिरहेको बताए । एक वडा एव स्वास्थ्य चौकीलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको र हाल स्वास्थ्य चौकी नभएका कुनैपनि वडा नभएको उनले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा काम गरिरहेको हिमाल मुुटु नेपाललाई पनि नगरपालिकाले नै जग्गा उपलव्ध गराएको र आवश्यक साथ सहयोगको
लागि नगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष अर्जुन चौलागाइले जग्गा खोज्न भौतारिएर हिँडिरहेको अवस्थामा उपयुक्त जग्गाको व्यवस्था मिलाउन ६ नम्बर वडाले अस्पताललाई सहयोग पु¥याएको उनले बताए । गौतम समाज मकवानपुरको संयोजन र हिमाल मुटु नेपाल संस्थाको लगानीमा निर्माण सुरु भएको अस्पताल एक वर्र्षिभत्र सम्पन्न भइसक्ने हिमाल मुटु नेपालका अध्यक्ष अवन गौतमले जानकारी दिए ।
गौतमका अनुसार २ करोड लागतमा १५ शैय्याको अस्पताल एक वर्षभित्रमा सम्पन्न गरिसक्ने गरी तयारी सुरु गरिएको छ । सुरुमा सामान्य रोगहरु र मधुमेह रोगको उपचार हुने गरी अस्पताल तयार हुन्छ, अध्यक्ष गौतमले भने, ‘केही वर्षभित्र मुटु अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।’
अस्पतालको लागि हेटौंडा ६ नम्बर वडा कार्यालयले १ विगाह १५ कठ्ठा जग्गा सिफारिस गरेको छ । हिमाल मुटु
नेपालका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिसहित स्थानीयको सहभागिता रहेको थियो ।