s~rgk'/–cd/k'/sf :yfgLo s[ifsn] c08f / df;' pTkfbg ug{ kfn]sf n]o;{hftsf s'v'/f . t:jL/ M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;


हेटौंडा/नेपालमा रोजगारी नपाएको भन्दै भौतारिएर विदेशमा पसिना बगाउन जाने युवाहरु धेरै छन् । तर, मेहनत गरे नेपालमै पनि विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण पस्किएका छन् हेटौंडा–११ नवलपुरका कुखुरापालक रामबहादुर लामिछानेले ।
उनी कुखुरापालनबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ कमाई गर्छन् । शिक्षित व्यक्तिले कृषिको काम गर्नु हुँदै भन्ने
परम्परागत सोचलाई समेत उनले परिवर्तन गरिदिएका छन् । उनले कुखुरा पालन गरेरै आत्मानिर्भर बन्दै आएका छन् । उनले विभिन्न प्रकारको जगिर खाए । तर कतैबाट पनि अपेक्षा अनुसारको कमाइ नभएपछि कुखुरापालन गर्ने सोच बनाए । ३८ बर्षीय रामबहादुरको सोचाई र मेहनतले आहिले सफल बनाएको छ । आफ्नै १ का जग्गामा खोर निर्माण गरेर उनले ११ सय लेयेर्स कुखुरापालन गर्दै आएका छन् । थोरै लगानी, सरल पेशा भएको कारण आफू कुखुरा व्यबसायतिर आकर्षित भएको लामिछानेको भनाइ छ ।
अण्डा उत्पादनको लागि पालिएको उक्त कुखुराबाट दैनिक नौ सय देखि एक हजार अन्डा उत्पादन हुने गर्दछ । ‘कुनै रोगी र अन्डा उत्पादन गर्न नसक्ने कुखुरा पनि हुन्छन् त्यसले गर्दा कुखुरा बराबरको अण्डा उत्पादन हुन सकिरहेको छैन । सबै खर्च कटाएर मसिक ७० देखि ८० हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।’ लामिछानेले भने । ‘आफ्नै जन्मभूमिमा आफ्नै परिवारसँगै बसेर थोरै लगानीबाट सानो व्यवसाय गरेर जिबिकोपार्जन गर्न सकिन्छ भने रगत पसिना बगाउन अर्काको देशमा किन जानु ।’
लेयर्स कुखुराको आयु सरदर २ बर्षको हुन्छ । एक पटक लेयेर्स कुखुरा राखेपछि हुर्काउन ६ महिना लाग्ने र ६ महिना पछि अण्डा उत्पादन सुरु गर्दछ । राम्रो आहार तथा स्याहार पु¥याउन सके झन्डै ८ महिना अण्डा उत्पादन हुन्छ । पाल्न सजिलो र राम्रो आम्दानी हुने भएकाले अरु कृषकहरु लाई आफूजस्तै नेपालमै कुखुरा पालन गर्न सुझाव दिदै उनले भने,–‘अण्डा उत्पादन सकिएपछि मासुको लागि कुखुरा बिक्री हुने र कुखुराको मलसमेत बिक्री हुने भएकाले निकै फाइदाजनक छ ।’
कुखुरापालनबाट आएको आम्दानीले दुई छोराहरु पढाउन र घर खर्च सबै टरेको रामबहादुर बताउँछन् । जेठो छोरा भेटेनरी र कान्छो ६ कक्षामा पढ्दैछन् । सबै आवश्यकता कुखुरा व्यबसायले पुगेको लामिछानेले बताए । ‘हामी जस्तो मेहनत गर्ने किसानलाई सरकारी अनुदान, सहयोग तथा
पुरस्कार दिने हो भने अझ हौसला र जाँगर बढ्छ छ । कृषि पेशाबाटै मुलुकको विकास र समृद्धि सम्भव बाटै मुलुकको विकास र समृद्धि सम्भव छ ।’ रामहादुरले भने ।