SofK;gM ljZje/ km}ln/x]sf] sf]/f]gf efO/; ;+qmd0f lelqg glbg x]6f}+8f cf}Bf]lus If]qdf pBf]uL / dhb'/sf] :jf:Yo k/LIf0f ub}{ :jf:YosdL{ . tLg lbg;Dd rNg] :jf:Yo lzlj/df sl/a % xhf/hgf pBf]uL / dhb'/sf] :jf:Yo k/LIf0f ug]{ nIo /flvPsf] 5 . cf}Bf]lus If]qdf Ps;o !! j6f pBf]u ;~rfngdf /x]sf 5g . tl:j/M ;'jf; lj8f/L÷sflGtk'/


हेटौंडा, ५ चैत/ कोरोना भाइरसको प्रभावको कारण हेटौंडा औद्योगिक क्षेत्रको उत्पादनमा कमी आएको छ । औद्योगिक क्षेत्रका रङ तथा प्लाष्टिक उद्योगहरुले आफ्ना उत्पादन कटौती गरेका छन् । बजारमा आफ्ना सामानको माग घटेको तथा कच्चा पदार्थ आयातमा समेत प्रभाव परेको भन्दै करिब ३ दर्जन प्लाष्टिक तथा रङ उद्योगहरुले आफ्नो उत्पादनमा कटौती गरेका हुन् ।
औद्योगिक क्षेत्रमा रहेका १७ वटा प्लाष्टिक उद्योग र ५ वटा रङ उद्योगहरुले आफ्नो उत्पादनमा कटौती गरिरहेका छन् भने यहि अवस्था रहे उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने बताएका छन् । बजारमा रङको माग निकै न्यून भएपछि उद्योगले करिब एक महिनाअघिदेखि नै उत्पादनमा कटौती गरिरहेको औद्योगिक क्षेत्रस्थित बर्जर जोन्सनका अधिकृत सुरज लामिछानेले बताए । उनका अनुसार बजारमा अहिले रङको माग ५० प्रतिशतभन्दा बढीले घटेको छ। हेटौंडा औद्योगिक क्षेत्रमा एसियन पेन्ट्स, बर्जर पेन्ट्स्, यती पेन्ट्स, सूर्य पेन्ट्स र फेसन पेन्ट्स गरी ५ वटा
राष्ट्रिय तथा बहुराष्ट्रिय रङ उद्योग सञ्चालनमा रहेका छन् । नयाँ उद्योगको रुपमा डिूम पेन्ट्स सञ्चालनको तयारीमा छ ।
त्यसैगरी औद्योगिक क्षेत्रमा रहेका २७ वटा प्लाष्टिकजन्य सामाग्री उत्पादन गर्ने उद्योगहरु पनि कच्चा पदार्थ आयातको समस्या झेलिरहेका छन् । चीन, भारत, दुबई, मलेसियालगायतका देशबाट त्यस्ता कच्चा पदार्थ ल्याउने गरिएकोमा कोरोना भाइरसका
कारण आयातमा प्रभाव परेको औद्योगिक क्षेत्रमा रहेको एकता प्लाष्टिक प्रोडक्ट प्रालिका प्रबन्धक हरिहर अर्यालले बताए । ‘हामीले निर्माणमा प्रयोग हुने प्लाष्टिकको उत्पादन गर्दै आएका छौं । कोरोना भाइरसका कारण आवश्यक मात्रामा कच्चा पदार्थ पाउने सकेका छैनौं भने अर्कोतिर उत्पादित वस्तुको माग पनि झण्डै ५० प्रतिशतले घटेको छ ।’ अर्यालले भने–‘बजारमा सामान नबिकेपछि हामीले उत्पादनमा पनि आधा कटौती गरेका छौं । यस्तै अवस्था रहने हो भने उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।’
कच्चा पदार्थको लागि चीनमै निर्भर रहेको भविष्य मैदा मिल एण्ड हाइजिन प्रोडक्ट प्रालिले विगत एक महिनादेखि कच्चा पदार्थ पाउन सकेको छैन । बेबी वाइप्सलगायत विभिन्न वेट वाइप्स्को उत्पादन गर्ने उद्योगमा अब बढीमा १५ दिनलाई मात्र पुग्ने कच्चा पदार्थ स्टक रहेको उद्योगका प्रबन्धक बासुदेव तिमल्सिनाले बताए । ‘बेवी वाइप्सलगायत भिजेको टिस्यु पेपरको माग अहिले बढी छ, तर, चीनबाट कच्चा पदार्थ आयात ठप्पै भएका कारण हामीलाई अप्ठेरो परिरहेको छ ।’ प्रबन्धक तिमल्सिनाले भने–‘हामीसँग भएको स्टक अब बढीमा १५ दिनलाई पुग्छ, त्यतिबेलासम्म पनि कच्चा पदार्थ आएन भने उद्योग बन्द नै हुन्छ ।’
उद्योगहरुको बजारीकरणमा प्रभाव पर्दा दैनिक घाटाको अवस्था विश्लेषण गर्ने काम केही दिनमा नै सुुरु गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए । ‘कोरोना भाइरसका कारण कति उद्योग प्रभावित भए , कुनमा कति प्रभाव परेको छ भन्नेबारे हामीले सर्वेक्षणको तयारी गरेका छौं । केही दिनमा त्यो तथ्यांक तयार गर्नेछौं ।’ व्यवस्थापन कार्यालय प्रमुख कँडेलले भने ।
चैत महिनाभर उत्पादनमा कटौती गर्ने र अवस्था झनै प्रतिकुल बने उद्योग नै बन्द गर्ने उद्योगीहरु बताउँछन् । कोरोना भाइरसका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने बताउँछन् । ‘अहिले उद्योगको उत्पादन कटौती भइरहँदा कामदार पनि कटौती गर्नुपर्ने अवस्था छ भने उद्योगीले बैंकमा तिर्ने ब्याज र किस्ता पनि बुझाउन नसक्ने अवस्था बनेको छ । यसको असर चैत र असार मसान्तमा पनि देखिन्छ । त्यसकारण उद्योगीको समस्यालाई समाधान गर्न सरकारले ब्याज तथा किस्ता अवधि थप्नेबारे तत्काल नीतिगत निर्णय गर्नुपर्ने देखिन्छ ।’ पोखरेलले भने ।
स्वास्थ्य परीक्षण सुरु
हेटौंडा औद्योगिक क्षेत्रमा कोरोना भाइरसको सम्भाव्य संक्रमण न्यूनीकरण गर्न उद्योग संघ मकवानपुरले स्वास्थ्य परीक्षण सुरु गरेको छ । औद्योगिक क्षेत्रमा
रहेका उद्योगी, श्रमिक र औद्योगिक क्षेत्रमा प्रवेश गर्ने जोकोहीलाई निशुल्क ज्वरो जाँच गर्ने, प्रेसर जाँच र मुटुको पल्स जाँच गर्न बुधबारदेखि सुरु गरिएको हो । तीनदिनसम्म चल्ने स्वास्थ्य परीक्षण शिविरमा करिब ५ हजार जनाको स्वास्थ्य जाँच गर्ने तथा निःशुल्क रुपमा मास्क वितरण गर्ने उद्योग संघ मकवानपुुरका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए । विएन्पी सपोर्ट सर्भिस प्रालि, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र औद्योगिक सुरक्षा बलको सहकार्यमा स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।
परीक्षणका क्रममा ज्वरोलगायत अन्य लक्षण देखिएमा सामान्य औषधि दिई अस्पताल पठाइने संघका अध्यक्ष पोखरेलले बताए । स्वास्थ्य परीक्षणमा आउनेहरुलाई हात धुने बिधि र कोरोनाको संक्रमणबाट बच्ने उपायहरुबारे पनि जानकारी प्रदान गरिन्छ । बुधबार मात्रै ९ सय जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।