Province 3 Chief Minister Dormani Poudel speaking at a programme organised by Narayani Transport Entrepreneurs Company Pvt Ltd, in Hetauda, on Wednesday, February 6, 2019. Photo: THT


हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका योजनाहरु सम्पन्न गर्न नियम,कानुन नै बाधक भएको बताएका छन् । प्रदेशसभामा विशेष र शून्य समयमा उठेका प्रश्नहरुको बुधबार जवाफ दिँदै मुख्यमन्त्री पौडेलले आर्थिक नियम÷कानुनका कारण समयमा नै योजना सम्पन्न गर्न कठिनाई भएको बताएका छन् ।
‘कतिपय योजनाहरुमा नियम÷कानुन बाधक भएका छन्,’ उनले भने, ‘कतिपय योजनाहरु अहिले डीपीआर निर्माणको चरणमा छन् । डीपीआर तयार नभएकोले पनि ठेक्का गर्न समय लागेको हो । तर अब हाम्रो योजनाहरुको अध्ययन सकिएको छ । हामीले निर्णय र स्वीकृत गरेका योजनाहरु सबै ठेक्का लगाउने प्रक्रियामा छ ।’ उनले काठमाडौं–हेटौंडा जोड्ने छोटो मार्गको स्तरोन्नतिको काम दु्रतगतिमा भइरहेको भन्दै सरकारले गम्भीर भएर काम गरिररहेको दावी गरे । भीमफेदी–कुलेखानी सुरुङ मार्गको ठेक्का पनि चालु आर्थिक वर्षको अन्त्यसम्ममा लगाउने मुख्यमन्त्रीको दावी छ प्रदेशसभाको भवन निर्माणको लागि पनि डीपीआर तयार भइसकेको भन्दै उनले केही दिनमा नै टेण्डर हुने बताए । अर्को अधिवेशनसम्म तयार हुने गरी तत्काल अस्थायी संरचना निर्माण गरिने भन्दै उनले यसका लागि काम भइरहेको बताए । प्रदेशको संगठन
संरचनाहरुको अध्ययन भइरहेको भन्दै उनले जनतालाई सेवा प्रवाहमा सहजता ल्याउने गरी काम हुने दावी गरे । लोक सेवा आयोगले कर्मचारी भर्नाको प्रक्रिया सुरु गर्ने चरणमा रहेको अवस्थामा संघीय सरकारसूग यस विषयमा आवश्यक स्पष्टता माग गरिएको उनले बताए । आगामी वर्षदेखि सबै सेवा÷सुविधा सबै जिल्लाहरुबाट उपलब्ध हुने गरी सेवा प्रवाहलाई सहज बनाइने उनले बताए ।
यसैबीच, प्रदेश सरकारले कोरोनाको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको उनको दाबी छ । ‘जनचेतनामूलक कार्यक्रमहरु कार्यान्वयन भइरहेको छ,’ उनले भने, ‘स्थानीय सरकार र संघीय सरकारसँग समन्वय गरी यसका लागि काम भइरहेको छ ।