हेटौंडा, / हेटौंडामा पैदलयात्रीलाई हात धुन सडक छेउमै पानी ट्याङकी राखेर धारो जडान गरिएको छ । जिल्लाकै पुरानो क्लब प्रतिभा क्लबले पैदलयात्रीलाई हात धुने व्यवस्था गरेको हो ।
विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड–१९)बाट बच्नको लागि अनिवार्य हात धुन पैदलयात्रीलाई सुसूचित गर्दै पानी ट्याङकी राखिएको क्लबका अध्यक्ष लवराज ठकुरीले बताए । हात धोएर प्रदेश सांसद प्रेमबहादुर पुलामी ‘छिन्तु’ले हात धुने कार्यक्रम उद्घाटन गरेका थिए ।
हेटौंडा–४ र ५ नम्बर वडामा रहेको चिल्डेनपार्क चोकमा पानी ट्याङकी राखिएको हो । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, ४,५, र ८ लगायतका वडाध्यक्ष, नेकपाका नेता बद्री लम्साल, टोल विकास संस्थाका अध्यक्षहरुले स्थानीयसँगै हात धोएका थिए ।