हेटौंडा,/ मकवानपुरमा २५ जना भन्दा बढी भेला हुन नपाउने नियम लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्देशन दिएको छ ।
आइतबार प्रशासनमा भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रम तथा पार्टी प्यालेस र सार्वजनिक स्थलमा २५ जना भन्दाबढी मानिसलाई भेला नहुन निर्देशन दिएको हो ।
समितिले मानिसको भीडभाड हुने स्थलहरु बन्द गर्न निर्देशन पनि दिएको छ । हेटौंडाका सिनेमा हल, रंगशाला, सांस्कृतिक केन्द्रहरु, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ् पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लबहरु बन्द गर्न निर्देशन दिएको छ । यसको अनुगमन जिल्लास्थित सुरक्षा निकायले गर्ने भएको छ ।
यसैगरी हेटौंडामा बागमती प्रदेश सरकारले निर्माण गरिरहेको क्वारेन्टाइन, आइसोलेसनमा उपचारगराउने कोरोनाका शंस्कापद बिरामीहरुलाई निगरानी र व्यवस्थापन स्वास्थ्य कार्यालय मकवानपुरले गर्ने भएको छ । समितिले कोरोनाबाट संक्रमित भएर उपचार गर्नुपर्ने भएका बिरामीलाई सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
समितिले अत्यावश्यक काममा बाहेक आवतजावत, हिड्डुल नगर्न मकवानपुरबासीमा अनुरोध गरेको छ । लामो दुरीका सार्वजनिक
सवारी साधनहरु नचलाउन यातायात व्यवसायीहरुलाई निर्देशन दिइएको छ । जिल्लास्थित स्थानीय तहले मानिसहरुको बढी जमघट हुने सार्वजनिक स्थलहरुमा दैनिक सरसफाई गर्नुपर्ने निर्णय गरिएको छ । अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल, सपिङ मल लगायतका सञ्चालकहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीहरुको व्यवस्था गरी प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य