हेटौंडा, कोरोना भाइरसका कारण देशमा सिर्जित विषम परिस्थितिले सवैलाई समस्या परिरहेको समयमा यहाँका बौद्धिक अपाङ्गहरु भने ट्याब्लेट र मोबाइलको सहारामा रमाइरहेका छन् ।
बौद्धिक अपाङ्ग भएका विद्यार्थीहरुलाई यहाँको एक विद्यालयले आफ्नै लगानीमा मोवाइल र इन्टरनेट सेवा उपलब्ध गराएर अनलाइन शिक्षा सञ्चालन गरेपछि उनीहरुको दिनचर्या सजिलै बितिरहेको छ । उनीहरुका लागि यस्तो अवसर हेटौंडा–६ र ७ मा सि आशा फाउण्डेशनद्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुनस्र्थापन केन्द्रले मिलाइदिएको हो । केन्द्रले बौैद्धिक अपाङ्ग विद्यार्थीहरुलाई आफ्नै लगानी र सक्रियतामा अनलाइन कक्षा सञ्चालन गरिरहेको छ भने उनीहरुको आवश्यकता अनुसार सम्पूर्ण सामग्रीहरु समेत उपलब्ध गराइदिइरहेको छ।
विद्यालयले अनलाइन कक्षामा सहभागी हुन नसक्ने कमजोेर आर्थिक स्थिति भएका आफ्ना विद्यार्थी तथा अभिभावकहरुलई आफ्नैै लगानीमा मोेवाइल तथा इन्टरनेट सुविधा प्रदान गरेर लकडाउन सुरु भएदेखि नै अनलाइन शिक्षा सञ्चालन गरिरहेको छ । ‘यस विद्यालयमा हाल ४४ जना विद्यार्थी रहेका छन् । हामीले आवश्यकता अनुसार अनलाइन शिक्षा सञ्चालन गर्न उनीहरुलाई केही थान ट्याब्लेट उपलब्ध गराएका छौं भने केही अभिभावकको मोवाइल समेत मर्मत गरिदिएका छौं ।’, विद्यालयकी प्रिन्सिपल रुपा कार्कीका अनुसार हाल विद्यालयले सातजना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा समेत प्रदान गरिरहेको छ । ‘लकडाउनका समय भएका कारण हामीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई शिक्षाबाट बञ्चित गर्नहुूदैन भनेर सातजनालाई निःशुल्क आवसायी सुविधा प्रदान गरिरहेका छौं । अन्य समयमा नियमितरुपमा ११ जनाले आवासीय सुविधा लिइरहेका थिए ।’, उनले भनिन्।
‘हामीले विशेष गरी बौद्धिक अपाङ्ग भएका बालबालिकाहरुका क्षेत्रमा काम गरिरहेका छौं । यस्ता बालबालिकाहरुलाई आपतमा परेको समयमा शिक्षा, खाद्यान्न, औषधीलगायत आकस्मिक सहयोगमा जुटिरहका छौं ।’, प्रिन्सिपल कार्कीले भनिन् ।
संस्थाले यस समयमा समुदायमा रहेका बौद्धिक अपाङ्ग तथा आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई खाना, अस्पतालसम्म गएर उपचार गर्नकोे लागि आवश्यकता अनुसार यातायात सुविधा, दैनिक अत्यावश्यक औषधी तथा आपतकालिन अवस्थामा आवश्यक औषधीलगायतका सहयोग सेमत गरिरहेको छ ।
२०६९ सालमा स्थापना भएकोे यस विद्यालयमा शिक्षक र कर्मचारी गरी २१ जना कार्यरत् छन् । विदेशी तथा स्वदेशी सहयोगबाट सञ्चालित रहेको यसविद्यालयमा मासिक साूढे चारलाख रुपैयाँ खर्च हुने गरेकोे छ । विद्यालयले विद्यार्थीहरुलाई अन्य समयमा आफ्नै बसमार्फत् घरघरबाटै विद्यार्थी ल्याउने व्यवस्था समेत मिलाएको प्रिन्सिपल कार्कीले बताइन् ।