सुस्त मनस्थितिकी युवती बलात्कार आरोपी वृद्ध पक्राउ
हेटौंडा, ४ असार/हेटौंडाकी ३२ वर्षीया सुस्त मनस्थितिकी युवती बलात्कार
आरोपित वृद्ध पक्राउ परेका छन् ।
२४ जेठमा युवतीलाई बलात्कार गरी ६० वर्षीय हेटौंडा–११ का राम प्रसाद हुमागाईं फरार भएका थिए ।
फरार आरोपित वृद्धलाई मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिकास्थित एक घरमा लुकेर बसेको अवस्थामा ३ असारमा पक्राउ गरेको थियो । युवती बलात्कार गरी हुमागाईं मकवानपुरगढीमा
रहेका आफन्तको घरमा लुकेर बसेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ
गरिएको जनाइएको छ ।
आरोपित हुमागाईंले युवतीको घर नजिकैको मकैबारीमा पैसाको प्रलोभन देखाएर जर्वजस्ती करणी गरेको मकवानपुर प्रहरीले जनाएको छ । घटना भएको ५ दिनपछि युवतीको परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको थियो ।
आरोपित हुमागाईंंलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।