विद्यालयको वार्षिक परीक्षा नजिकिँदै गर्दा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वब्यापी आतंक फिँजाइसकेको थियो । २०७६ साल चैत्रको पहिलो हप्ताभित्र विद्यालय तहका वार्षिक परीक्षा सक्न हम्मे परेकै हो। एसईई चैत्र ६ गतेबाट सुरु हुने तालिका र सो को तयारी भइसकेको अवस्थामा चैत्र ५ गते साँझ उक्त परीक्षा नेपाल सरकारले अप्रत्याशित स्थगनको सूचना ग¥यो । यसो गर्नु ठीक वा बेठीक भनेर बहस गर्नु महामारीमा उपयुुक्त थिएन र गरिएन पनि । चैत्र ११ गतेबाट जेठ मसान्तसम्म ८३ दिन नेपाल सरकारले गरेको लकडाउन अवधिमा हेटौंडा उपमहानगरपालिका वडा नं. ६ चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय तपसिलका काममा ब्यस्तरही आफ्नो गतिशिलता प्रदर्शन गरिरहेकै छ ।
१. चैत्र १९ गतेका लागि तय भएको अभिभावक भेलाको तयारी बिचमै स्थगन गरियो ।
२. वार्षिक परीक्षा सम्पन्न भइसकेकाले उत्तरपुस्तिका परीक्षणको काम भयो ।
३. घरमै बसेर नतिजा तयारी र सावधानीपूर्वक विद्यालयमा नै ग्रेडसिट प्रिन्ट गरियो ।
४. शिक्षकहरुबीचको सम्बाद र प्रविधिको उपयोगबाट अन्तरक्रिया जारी भयो ।
५. नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको समाप्तीसँगै लकडाउन चाँडै अन्त्य भै जनजीवन सामान्यसहित शैक्षिक गतिविधिको निरन्तरताको कामना गर्दै सामाजिक सञ्जालमा शुभकामना साटासाट गरियो ।
६. शिक्षकका पेशागत संस्थाबाट सञ्चालित जुम क्लाउड तथा गुगल मिटिङ, भेला, कम्प्युटर प्रशिक्षण, पावर प्वाईन्ट निर्माण, प्रविधिका शैक्षिक सामग्रीहरुको प्रदर्शन विधिका तालिमहरु सिक्ने काममा सहभागी बन्ने बनाउने काम भयो ।
७. २०७६ सालको वार्षिक परीक्षाको नतिजा सावधानीपूर्वक पालैपालो विद्यार्थी स्कूलमै बोलाएर सामाजिक भौतिक दूरी कायम गरी ग्रेडसिट प्रदानसहित यसरी प्रकाशित ग¥यौं ।
क. नर्सरीदेखि कक्षा ३ सम्म मिति २०७७ साल बैशाख २१ गते आइतबार
ख. कक्षा ४ र ५ को मिति २०७७ साल बैशाख २२ गते सोमबार
ग. कक्षा ६ को मिति २०७७ साल वैशाख २३ गते मंगलबार
घ. कक्षा ७ को मिति २०७७ साल वैशाख २४ गते बुधबार
ङ. कक्षा ९ को मिति २०७७ साल बैशाख २५ गते बिहीबार
च. कक्षा ८ को मिति २०७७ साल वैशाख २८ गते आइतबार (हेटौंडा उमनपा शिक्षा महाशाखाको वेभसाईटमा प्रकाशित गरेअनुुसार)
८. नतिजा बुझ्न बाँकीको वितरण प्रक्रियालाई निरन्तरता दिइयो ।
९. मिति २०७७ साल जेठ ५ गते सोमबार अनलाइन स्टाफ मिटिङ उत्साहपूर्वक हार्दिकताका साथ सम्पन्न भयो ।
१०. प्राविधिक समूहका र कक्षा ११ तथा १२ का विद्यार्थीहरुका परीक्षा एवम् शिक्षण सिकाईका सबालमा सम्बन्धित कार्यालय र विद्यालयका संयोजकहरुसँग निरन्तर सम्पर्क शेयरिङ गरियो ।
११. मिति २०७७ साल जेठ ७ गतेदेखि १३ गतेसम्म यस विद्यालयका शिक्षकहरुका लागि नेपाली टाइपिङ, फाइल ब्यवस्थापन, पावर प्वाईन्ट प्रिजेन्टेशन, मोटिभेशन टिप्स, प्रभावकारी शिक्षण विधिको प्रयोग, कम्प्युटर ह्याण्डलिङ समेतका विषयहरुमा एक हप्ताको जुम क्लाउड प्रशिक्षण सम्पन्न भयो । प्रशिक्षकहरु सरोज लामिछाने, माधवप्रसाद गौतम र गहन खतिवडा सरहरुलाई धेरैधेरै धन्यबादसँगै सिकाईमा अभिरुचिका साथ सहभागी हुने शिक्षकहरुप्रति आभार ।
१२. २०७७ जेठ ८ गतेदेखि १५ गतेसम्म सावधानीपूर्वक पालैपालो विद्यार्थी स्कूलमै बोलाएर सामाजिक भौतिक दूरी कायम गरी पाठ्यपुस्तक वितरण गरियो।
१३.वर्गशिक्षकहरुबाट आ–आफ्ना कक्षाका विद्यार्थीहरुसँग फोनबाट, मेसेज गरेर, मेसेञ्जरमा र बोलाएर सम्पर्क गरी असारको पहिलो हप्तासम्मको लागि प्रत्येक विषयको ३÷३ पाठहरु होमवर्क दिइयो । समस्यामा सम्पर्क गर्न सम्बन्धित विषय शिक्षकहरुको फोन नम्बर टिपाउने काम भयो ।
१४. मिति २०७७ जेठ ३० गते शुक्रबारका दिन विद्यालयमै विव्यसका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा र वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा शिक्षक कर्मचारीको बैठक बसी हालको कोभिड–१९ बाट श्रृजित विषम एवम् असहज परिस्थितिमा संस्थाको शैक्षिक तथा आर्थिकसहित समसामयिक विषयमा ब्यापक छलफल विश्लेषण गरियो ।
१५. मिति २०७७ असार १ गतेदेखि ५ गतेसम्म सेवा क्षेत्रभित्रका प्रत्येक टोलमा २ देखि ३ जना शिक्षकहरुबाट घरदैलो भ्रमण गरी आफ्ना विद्यार्थीहरुलाई भेटी टिभी रेडियोको रुटिन दिने, होमवर्कको कुरा गर्ने, कन्ट्याक्ट सेसनमा बोलाउने र वैकल्पिक शिक्षण सिकाई निर्देशिकाले तोकेका ५ वटा समूहका विद्यार्थीहरुका विवरण संकलन गर्ने काम सम्पन्न भयो ।
१६. मिति २०७७ असार १ गतेबाटै कक्षा १० का विद्यार्थीहरुका लागि जुम क्लाउड मिटिङमा अंग्रेजी भाषा विषयका शिक्षक सरोज लामिछानेले अनलाइन कक्षाको सुरुआत गरी अन्य विषय शिक्षकहरुसमेत जोडेर संयोजनको भूमिकामा रहनुभएको छ ।
१७. विद्यालय प्रत्येक दिन बिहानदेखि नै खुल्ला रहेको छ । प्रशासनिक कामहरु सञ्चालनमा छन् । नयाँ प्रवेशका लागि आउने विद्यार्थीको निःशुल्क आवेदन फर्म भराई दर्ताको काम गरिएको छ । शिक्षकलाई नै नभेटी नहुने समस्याहरुमा सावधानीपूर्वक आएका विद्यार्थीलाई विद्यालयमा नै पर्सनल काउन्सिलिङ डेष्कबाट सहयोगको काम निरन्तर जारी छ ।
१८. सीटीईभीटीको सूचनाबमोजिम प्राविधिक शिक्षाअन्तर्गतका ३ वर्षे सिभिल तथा जियोमेटिक्स इन्जिनियरिङका विद्यार्थीहरुको सैद्धान्तिक विषयहरुको अनलाइन कक्षा सञ्चालनका सम्भावना बुझ्न आवश्यक विवरण लिने काम भैरहेको छ ।
अन्तमा, सरकारको नीति निर्देशन र भावनाबमोजिम यो शैक्षिक शत्र खेरजान नदिन भए गरेका अभ्यासहरुको अनुसरण गर्दै यस शिक्षण संस्थाले हाल गरिरहेका उल्लेखित कामहरु सँगै आगामी दिनमा यो काम गरिदिए हुन्थ्यो भन्ने लागेका कुराहरुसहित शिक्षाका जिम्मेवार कार्यालयहरु, सम्बन्धित स्थानीय तह, अभिभावकवर्ग र तमाम शैक्षिक सरोकारवर्गबाट अनलाइन वा अफलाइन सुझाव सल्लाहको स्वागत एवम् अपेक्षा गर्दछु । (लामिछाने वंशगोपाल माविका प्रधानाध्यापक हुन्)