हेटौंडा/ वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।
विशेषगरी प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, जनशक्ति थप, उपकरण र निःशुल्क औषधीको व्यवस्था तथा तथा नयाू कार्यक्रमहरु लागू गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा निःशुल्क औषधीको व्यवस्था, खोप केन्द्र, सामुदायिक इकार्इं र शहरी स्वास्थ्य केन्द्रको विस्तार तथा स्थानीय स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड सुधारका लागि २६ करोड ६८ लाख विनियोजन गरिएको छ ।

अस्पतालजन्य फोहोरमैलाको आधुनिक र उपयुक्त प्रक्रियाबाट विसर्जन, मृत शरीर व्यवस्थापनका लागि शव गृहको व्यवस्था गरी अस्पताललाई स्वच्छ, सफा र हराभरा राख्न तथा प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासका लागि ५६ करोड ३० लाख विनियोजन भएको उनले बताए।
‘मातृ तथा बाल मृत्युदर घटाउन प्रदेश मातहतका सबै अस्पतालमा बृहत आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा सुनिश्चित गर्ने व्यवस्था हामीले गरेका छौं ।’,

उनले भने, ‘मातृ तथा बाल स्वास्थ्य लगायत समग्र स्वास्थ्य सेवाको प्रवद्र्धनको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेवकलाई प्रदान गरिँदै आएको सञ्चार खर्च समेत बजेटमा व्यवस्था गरिएको छ ।’ बजेटमा मातृ तथा बाल स्वास्थ्य प्रवद्र्धनका लागि १८ करोड ३५ लाख विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा नेपाल सरकारले दिएको सहुलियतका अतिरक्त पचास हजार रुपैयाू थप गर्ने व्यवस्था प्रदेश सरकारले आगामी वर्षबाट सुरु गर्नेछ । क्यान्सर अस्पतालसूगको सहकार्यमा महिलाको पाठेघर एवम् स्तन क्यान्सरको निःशुल्क परीक्षणका साथै मृगौला रोगीको उपचारको सहज पहुूचको लागि साझेदारीमा डायलाइसिस सेवा नभएका जिल्ला अस्पतालहरूबाट क्रमशः सेवा विस्तार गर्न र हेमोफिलियाका बिरामीहरुको सहज उपचारको व्यबस्था समेत गरिएको छ ।

उनका अनुसार नसर्ने रोग रोकथाम, नियन्त्रण र उपचारका लागि १५ करोड ८४ लाख रुपैयाू बजेट विनयोजन भएको छ । उक्त बजेटबाट अल्जाइमर्स रोगको रोकथाम, उपचार तथा सहयोगका लागि सरकारी अस्पतालमार्फत् शैलेजा आचार्य अल्जाइमर्स रोग विशेष कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

प्रदेश अस्पताल नभएका जिल्लाहरूका क्रमशः दोलखाको चरिकोट, काभ्रेपलाञ्चोकको मेथिनकोट, ललितपुरको बज्रबाराहीमा रहेको पाटन जिल्ला अस्पताल र चितवनको बकुलर रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रूपमा स्तरोन्नती गरिने उनले बताए । उनका अनुसार अस्पतालको सेवा भन्दा बाहिर रहेका २१ प्रादेशिक निर्वाचन क्षेत्र समेटिने गरी थप १७ वटा स्वास्थ्य संस्थालाई चिकित्सकीय सेवा सहितको अस्पताल सञ्चालनका लागि१२ करोड ८० लाख विनियोजन भएको छ । ‘यसबाट प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा चिकित्सकीय सेवाको पहुूच विस्तार हुनेछ ।’, उनले भने ।

प्रदेश भित्रका राजमार्गमा हुने दुर्घटनाका घाइतेको शीघ्र उपचार तथा अन्य आकस्मिक स्वास्थ्य उपचारका लागि नजिकको अस्पतालमा पठाउने व्यवस्था मिलाउन उक्त राजमार्ग क्षेत्रमा केन्द्रित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था तथा सो क्षेत्रमा रहेको स्वास्थ्य संस्थाहरुको सबलीकरणको काम आगामी वर्षबाट हुने बजेट वक्तव्यमा समेत उल्लेख छ ।

भक्तपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १०० शैया क्षमताको विशिष्टीकृत सेवा सहितको अस्पताल, धादिङ र चौतारा अस्पताललाई ५० शैया क्षमताको अस्पताल, रामेछाप र
रसुवा अस्पताललाई २५ शैया क्षमताको अस्पतालमा स्तरोन्नतिको काम समेत आगामी वर्ष सूरु हुने दावी मन्त्री ढुङ्गेलको छ ।

‘मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थाहरुको लागि आवश्यक औजार उपकरण व्यवस्था र अस्पतालको स्तरोन्नति तथा सुदृढीकरण गर्न १२ करोड विनियोजन गरेको छ ।’, मन्त्री ढुङ्गेलले सामुदायिक अस्पतालहरुको पूूँजीगत सुधारको काम पनि आगामी वर्षबाटै अगाडि बढ्ने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षपनि ‘एक विद्यालय एक नर्स कार्यक्रम’लाई सबै स्थानीय तहका थप दुई विद्यालयमा विस्तार गर्ने र त्यसका लागि आवश्यक १९ करोड ८० लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ ।