हेटौंडा, / मकवानपुरगढी गाउँपालिकाले कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ ।
गाउँपालिकाले आफ्ना ८ वटै वडाका पशुपालन समूह तथा फर्मलाई २८ वटा ओटा बोयर बोका वितरण गरेको जनाइएको छ । गाउँपालिकाले पशुपालनमा लागेका कृषकलाई विगतका वर्षदेखि प्रोत्साहन स्वरुप विभिन्न सहयोग गर्दै आइरहेको छ । गाउँपालिकाले हरेक वर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने गरेको छ ।
गाउँपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोग र समूहमा आबद्ध कृषकको १० प्रतिशत लगानीमा बोयर बोका वितरण गरिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले जानकारी दिए । उन्नत जातको नश्ल सुधार बोका
वितरणले कृषकको उत्पादनमूलक क्षेत्रमा टेवा पु¥याउने अपेक्षा अध्यक्ष हुमागाईंले गरेका छन् ।