हेटौंडा,/मकवानपुरका थप २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । बकैया र मनहरी गाउँपालिकाका १–१ जना पुरुषमा संक्रमण देखिएको जनाइएको छ ।
महेन्द्र मावि छतिवनको क्वारेन्टाइनमा बसेका बकैया–११ का १७ वर्षीय युवकको शुक्रबार गरिएको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा उनको स्वाब पुनः परीक्षण गरिएको हो । यसअघि १० असारमा स्वाब परीक्षण गरिएपनि संक्रमण भए नभएको खुल्न नसकेको हेटौंडा आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

बकैयाका संक्रमित युवक भारतबाट २ असारमा मकवानपुर आएको खुलेको छ । दिल्लीको एक होटलमा किचन हेल्पर काम गर्दै आएका उनी बकैयाका अन्य ७ जनासँगै आएको आइसोलेसनका इञ्चार्ज चौलागाईंले बताए । बकैयाकै ७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित युवकलाई हेटौंडा आइसोलेसनमा भर्ना गरिएको ।
यसैगरी भारतबाट आएका मनहरीका २६ वर्षीय युवकमा पनि शुक्रबार परीक्षण गर्दा कोरोना संक्रमण देखिएको चौलागाईंले जानकारी दिएका छन् । ३२ जेठमा गरिएको संक्रमित युवकको पहिलो पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । उनी ५ असारमा संक्रमण पुष्टि भएका

नहरीका ६ जनासँगै भारतबाट घर फर्किएको इञ्चार्ज चौलागाईंले बताए । उनी संक्रमित परिवारको सदस्य भएको खुलेको छ ।
इञ्चार्ज चौलागाईका अनुसार संक्रमित युवकको ३० वर्षीय दाईमा पनि यसअघि कोरोना संक्रमण देखिएको थियो । हाल उनी हेटौंडा आइसोलेसनमा उपचाररत् छन् । यसअघि संक्रमण देखिएका
मनहरीका ६ जनामध्ये १ महिलासहित ४ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने २ जना आइसोलेसनमै उपचाररत् छन् ।

संक्रमित युवक २५ जेठमा मनहरी आएका थिए । उनी भारतबाट सिधै मनहरी–३ स्थित लामिटारमा रहेको क्वारेन्टाइनमा आएर बसेको जनाइएको छ । मकवानपुरमा हालसम्म १९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित अधिकांश भारतबाट आएका छन् ।