अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युबरहरुले आफूहरुलाई नराम्रो देखाई पैसा कमाउने गरेको आरोप लगाएकी छिन् ।सामाजिक सञ्जाल इन्स्ट्राग्राममा भिडियो पोस्ट गर्दै साम्राज्ञीले आफूहरुको मुख देखाएर, आफूहरुलाई नराम्रो गरी पैसा कमाउने मान्छेहरु युट्युबमा धैरै रहेको बताएकी छिन् ।‘हामीलाई सहयोग गर्दिएको जस्तो इन्टरभ्यु लिने, बुझ्याजस्तो गरेर हाँसेर बोल्ने, पछि पोस्ट गर्दा कति कुरा काटिदिने, कति दिन उछालिदिने र नराम्रोबनाएर पेश गर्ने’, उनले भनेकी छिन्, ‘हाम्रो मुख देखाएर, हामीलाई नराम्रो गरी पैसा कमाउने मान्छेहरु टन्न छन् युटुयुबमा । म थाकी सकेँ । ममात्रै हैन, धेरै एक्टरलाई यस्ता कुराबाट समस्या छ ।’अन्तर्वार्ताभन्दा भिन्नै हेडलाइन राखिने भन्दै उनले आक्रोश पोखेकी छिन् । ‘हेडलाइन्स पढ्ने बित्तिकै मेरो टाउको दुख्छ’, उनले भनेकी छिन् ।