हेटौंडा, मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकास्थित पूर्व–पश्चिम सडकखण्डमा कारले ठक्कर दिँदा एक पुरुषको मुत्यु भएको छ ।
मनहरी–७ बिजौनामा सोमबार साँझ चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. २१ च ६६४२ नम्बरको कारको ठक्करबाट करिब ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याएको करिब डेढ घण्टापछि अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए ।