हेटौंडा, / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वबीचको आन्तरिक लडाईंले पार्टी संकटमा परेको भन्दै नेकपा मकवानपुरको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना दिएका छन् ।
पार्टीभित्रको भित्रको अन्तरद्वन्द्वको कारण पार्टी विभाजनको दिशामा गएको भन्दै कार्यकर्ताहरुले मंगलबा नेकपा मकवानपुरको हेटौंडा–५ स्थित पार्टी कार्यालयमा करिब १ घण्टा धर्ना दिएका हुन् । नेकपा मकवानपुरको तत्कालिन एमाओवादी र एमालेका माधव नेपाल पक्षधरतर्फका जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
धर्नामा सहभागी कार्यकर्ताहरुले पछिल्लो समय नेकपा नेताहरुबीच बढेको मनमुटावको कारण पार्टी एकता भन्दा पनि फुटको संघारमा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरे । पार्टी एकतालाई मजबुत बनाउँदै नेकपालाई थप शसक्त बनाउनुपर्ने माग नेता, कार्यकर्ताहरुको छ ।
एकताका लागि दबाद अभियान सञ्चालन गरेर कार्यकर्ताहरुले नेकपाकी केन्द्रीय सदस्य कुमारी मोक्तानमार्फत पार्टी केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । धर्नालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य मोक्तान, नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले युवा र विद्यार्थीको माग अनुसार पार्टीलाई थप एकताबद्ध बनाएर लैजान पार्टी नेतृत्व गम्भिर बन्नुपर्ने धारणा राखेका थिए ।
कार्यकर्ताहरुले ‘फुटवादीहरु होसियार’, ‘व्यक्ति होइन नीति प्रधान पाटी निर्माण गरौ’, ‘पाटी बैठकमा मन माझामाझ गर, बाहिरको तमासा बन्द गर’, ‘जनसमुदायमाथि भर पर’, ‘हामीलाई व्यक्ति होइन पार्टी चाहिन्छ, नेता तिमिलाई के चाहिन्छ ?’, ‘म पार्टी नियमलाई सर्वोपरी ठान्छु, नेता तिमि के ठान्छौं ?’ जस्ता नारा लगाएका थिए ।
सोमबार मात्रै हेटौंडामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा ‘कम्युनिष्ट युवा विद्यार्थी मकवानपुर’को ब्यानमा प्रदर्शन गरेका थिए । उनीहरुले ओलीलाई ५ वर्ष सरकार चलाउन दिनुपर्ने, देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्रमाथि’लगायतका नारा लेखिएको ब्यानरसहित युवा तथा विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए ।

e or type traditional font