हेटौंडा,/ थाहा नगरका निजी विद्यालयका सञ्चालकहरुले केन्द्रीय निर्देशनको अक्षरस पालना गर्ने भन्दै थाहानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन थाहा नगर कार्यसमितिले शनिबार नगर प्रमुख लवशेर बिस्टलाई पत्र बुझाएको हो । थाहा निजी विद्यालयले अविभावकसँग शुल्क असुली गर्न पाउनु पर्ने माग राखेको छ ।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन, दैनिक व्यवस्थापन लगायतका खर्चका लागि जेठ देखिको शुल्क असुली गर्ने वातावरण मिलाई पठनपाठन नियमित गर्ने वातावरण बनाउन माग गरिएको छ ।
तत्काललाई जोर बिजोर प्रणाली लागू गरेर भएपनि कक्षा सञ्चालनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्रमा भनिएको छ । नगर अध्यक्ष सुरेन्द्रमानप्रधानले कोभिड–१९ को कारण शिक्षा क्षेत्रमा पारेको प्रभाब बारे बोल्दै नगर प्रमुख बिस्टलाइ ६ बुँदे पत्र बुझाएका हुन् ।