हेटौंडा, /हेटौंडामा भएको मनोरञ्जनात्मक अनलाइन पब्जी प्रतियोगितामा आदर्श राजथला प्रथम भएका छन् ।
होराइजन अटो प्रालिको आयोजनामा भएको पब्जी प्रतियोगिता राजथला ७३ अंकसहित जितेका हुन् । ६७ अंकसहित अजय महम्मद द्वितिय र ५७ अंकसहित विपिन शाही तृतीय भएका छन् । विजेता राजथलाले नगद एक हजार ५ सय रुपैयाँसहित, ल्यापटप ब्याग, महम्मदले १ हजार ५ सय, र शाहीले ल्यापटप ब्याग प्राप्त गरेका छन् । विजेतालाई होराइजन अटो प्रालिका सञ्चालक लालकाजीरत्न बज्राचार्यले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा एकसय जनाको सहभागिता रहेको थियो । होराइजनले ग्राहकहरुको मनोरञ्जनका लागि प्रतियोगिताको आयोजना गरेको होराइजनका अर्का सञ्चालक राजुरत्न बज्राचार्यले बताए ।