 नेपालको १ नम्बर प्रदेशमा उदयपुर जिल्ला छ । यो जिल्ला शप्तकोशी नदीको पश्चिम उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट उत्तरपूर्वमा चौदण्डी गढी किल्ला, दरबार, देवीदेवताको स्थान छ । यो चौदण्डी
राज्य थियो । यो राज्यको स्थापना वि.सं १७१९ सालमा मकवानपुर राज्यबाट फुटेर बनेको राज्य हो । यसअघि कोशी नदीपूर्व विजयपुर राज्य वि.सं १६४१ मा राजा विजयनारायण सिंह
रायलाई आक्रमण गरेर मकवानपुरका राजा लोहाड्ड सेनले विजय गरी सेन राज्य स्थापना
गरेका थिए । मकवानपुर राज्य भने वि.सं १६१० सालमा स्थापना भएको थियो । चौदण्डी राज्यको तराई सिमाना टिष्टा नदी थियो । दक्षिणमा सीतामढीसम्म, उत्तरमा हिमाली श्रृंखलाको शिरोभाग भोट तिब्बतको सिमाना, पश्चिम मकवानपुर राज्य थियो ।
चौदण्डी राज्इका राजाहरुमा हरिहर सेन जो मकवानपुरे राजा थिए । उनीपछि उनका छोरा छत्रपति सेन, इन्दुविधाता सेन, मान्धाता सेन, जगत सेन, कर्ण सेन, रघुनाथ सेन, कर्ण सेन, अन्तिम राजा उनका छोरा ध्वजवीर सेन राजा हुनै पाएनन् । यो राज्यको स्थापनाकालमा १२ हजार घरधुरी थिए । सुरक्षाका लागि आवश्यक पर्दा सबै घरबाट एकजना राज्यको लागि जानुपथ्र्यो । वार्षिक आम्दानी धुरीकर प्रत्येक घरबाट रु. १ ले रु. १२ हजार, व्यापार कर रु. ५ हजार र खानीकर रु. ८ हजार गरी जम्मा २५ हजार रुपियाँ हुन्थ्यो । चौदण्डी राज्यको हिउँदे राजधानी अमरपुर– सप्तरीतर्फ थियो । वर्षामा सिन्धुुली जिल्लाको झांगाझोलीमा अस्थाई मुकामबाट प्रशासनिक, न्यायिक र अन्य कारबाही हुने गरेको थियो ।
हरिहर सेन मकवानपुरका राजा हुन् । उनको राज्यकाल इ.सं १६३१–१६७२ थियो । यो राज्यले स्थापना गरेको गढीको नामबाट यो गाउँको नामाकरण भएको छ । यो गढी दरबारमा किल्लामा बसेर सेन राजाहरुले मात्र राज्य चलाएका हुन्, पहिले पनि र नेपाल एकीकरणपछि पनि राजधानी भएर राजधानी भएर राजधानी भएन । उदयपुरको स्थानीय प्रशासनिक अड्डा भने थियो । गढीमात्र भन्ने गरेता पनि सबै दरबार, गढी, कोत, मन्दिरहरु अटाउने किल्ला थियो । यसको चारैतर्फ बलियो ढुंगाको पर्खाल लगाइएको छ । दक्षिणपूर्वतर्फ ग्राउण्ड (चौर) छ । पूर्वतर्फ मौलो गाडी पर्व–पर्वमा कोत बनाई देवीको पूजापाठ पछि पशुपक्षीको बली दिने गरिएको छ । यहिँ श्री गणेको मूर्ति पनि छ । किल्लाको पश्चिमतर्फ ढिस्कोमा देवी–देवताहरुको स्थान छ । यहाँ राज्य सञ्चालन भएसम्म कलात्मक मूर्तिहरु पनि थिए भनिनछ । हाल प्रतीकको रुपमा पत्थरका छन् । यहाँ किल्लाबाट केही उत्तरतर्फ राजदरबारको भग्नावशेष आज पनि देख्न सकिन्छ । यहाँ सेन राजाका परिवारसमेत बस्ने गरेका हुन सक्छ । किल्लासमेत भएकाले फुर्के गढी भनिँदो रहेछ । बस्ती कम भएकाले झाडीहरुले छोपिएको छ ।
कमला नदी पूर्व, कोशी नदी पश्चिम, पहाडतर्फ पल्लो किराँत, माझ किराँत, अरुण नदी पश्चिम सिमाना भएको चौदण्डी राज्यको तराईतर्फ अम्वरपुरमा अस्थायी मुकाम भएको थियो । नेपालको एकीकरण गर्ने नेपाली फौजले अम्वरपुरलाई वि.सं १८३० श्रावण ४ गते (ई.सं १६ जुलाई १७७३ मा) मगर जातका सैनिक थिए । नेपालीका सेना नायक अभिमानसिंह बस्नेतको टोलीले आक्रमण नगर्दै अमरपुर सेन प्रशासनको टोली पलायन भएकाले नेपाली फौजले लियो । त्यहाँ सरक्षा गरी विजयपुरमा अघि बढ्न मध्य वर्षाले गर्दा सप्तकोशी नदी पार हुन कठिन साथ तरे। विजयपुरमा पनि राजा र मुख्यमन्त्री थिएनन् । कार्यबाहक राजा कर्ण सेनलाई चौतारा बुद्धि कर्ण रायले स्वागत गरेर राजा बनाएका थिए ।
चौदण्डी राज्यको हिउँदे प्रशासनिक तथा न्यायिक मुकाम अमरपुर बाग–बगैंचा सुन्दरमात्र हैन, आयुर्वेदिक औषधि, जडीबुटी, आँप, लिची, केरा, मेवा, सरिफा, अम्बा, रुखकटहर, भुुइँकटहर आदि युक्त थियो । नेपाली सेनाको फौजले नेपाल अधिराज्यमा चौदण्डी राज्यलाई समावेश गरेपश्चात् त्यहाँ नेपालीहरुले यस क्षेत्रको प्रशासनिक केन्द्र यसैलाई बनाएका थिए । यो क्रम वि.सं १८८७ सालसम्म रह्यो । तत्पश्चात् उदयपुर गढीमा प्रशासनिक अड्डा स्थानान्तरण गरिएको अभिलेख छ । चौदण्डी गढीको क्षेत्रफल हेर्दा पूव–पश्चिम लम्बाइमा रहेको छ । यो गढी केही उँचो भागमा छ । यो गढी किराँत राजाको पालामा नै निर्माण भएको थियो । सेन राजा जगत सेनको पालामा पुनः निर्माण गराएर
राजधानी गराएका हुनसक्ने अवस्थाको नक्सा छ । किटानसाथ तथ्य कुरा जनसमक्ष ल्याउन परातात्विक उत्खनन हुनैपर्छ । यहाँको राजदरबार भव्य नै थियो । गढी, किल्ला, राजदरबार, मौलो र अन्य संरचनाका सामानहरु बेवारिसे भएर हराउँदै गइरहेको छ । कति सामानहरु त माटोमै विलिन भइसकेको छ । आजसम्म गढीको दरबारको आधार भाग खडा नै रहेकोले यसको निर्माण कसरी भएको थियो । के के सामानहरु थिए भन्न सकिने अवस्था छ ।
गोलाकार घेरामा करिब–करिब अष्ठकोणको आकारमा निर्माण भएको किल्ला गढी छ । ३१ मिटर व्यासको गोलाकार घेराभित्रै अष्टकोण आकारमा छ । चार कोणको टुप्पोमा चुच्चो छ । चार कोणको टुप्पो बोधो
(च्याप्टो) बनाइएको छ । यो गढीको निर्माणमा फराकिलो–च्याप्टो कुँदेका प्रस्तरहरुद्वारा निर्मित छ । किल्ला–गढी भित्र प्रवेश गर्ने मुख्य द्वार उत्तरतर्फ छ । १.५ मिटर खुला प्रवेशद्वार रहेको छ । प्रस्तर चाँजेर सतर्कतापूर्ण रुपमा मिलाइएको छ । १.५ मिटरबाट दुई मिटरमात्र उचाइ उठेको भाग पहिलेको जस्तो देखिन्छ । गढी किल्लाको बाहिर चारैतर्फ गोलाकार हुने गरी गहिरो खाइ (खाल्टो) २ मिटर चौडाई गहिराईको हुनपर्छ । अहिले घाँस–पात पतिङ्गरले भरिएको छ । झाडी फडानी गरेर पूरै सरसफाई नगरेसम्म यो गढीको रेखांकनभित्रको भाग देख्न सकिँदैन । मैदान (सम्म) प्राङ्गणको रुपमा पूर्वतर्फ प्रयोग गर्ने गरेको थियो । स्थानीयहरु यो चौरलाई कवाज खेल्ने टुँडिखेल भन्ने गरेको रहेछ ।
यो गढीबाट पूर्व डाँडामा अर्को गढी छ । यसलाई काठे गढी भनिन्छ । कुनै पनि मुख्य गढीको प्राकृतिक रुप हेरेर चारैतर्फ सहायक गढी वा आड निर्माण गरेको हुन्छ । त्यस्तै यो काठे गढी भनिएको तयस्तै हुन सक्छ । मुख्य गढीको सुरक्षाका लागि भित्रबाट बाहिर देखिने तथा बाहिरबाट भित्र नदेखिने प्वाल वा झ्याल राखिएको हुन्छ । त्यस्तै यो गढीमा पनि पर्खालमा प्वाल छ । त्यही प्वालबाट बन्दुक वा तोप निसाना गरी बाहिर मार गर्न सकिन्छ । भित्रबाट शत्रुपक्षलाई देखिने, बाहिरबाट नदेखिने हुन्छ । यो गढी किल्लामा ठूलो ठूला रुखहरु भएकाले पूर्ण विवरण दिन सकिँदैन । त्यो काठे गढीको पनि चारैतर्फ पर्खालबाहिर खाइ खनेको थियो । यी प्राचिन पुर्खाले पसिना चुहाएर निर्माण गरिएको सम्पदाहरु गढी किल्ला, दरबारहरु पुनःनिर्माण गरेर चौदण्डी गढी पहिलेकै रुपमा ल्याउन सके पर्यटन प्रवद्र्धन गर्न सजिलो हुने थियो । यो गढी निर्माण गर्दा चारवटा ठूला लाठा प्रयोग गरेकाले चौदण्डी भनिएको हो । चार लठ्ठीको संयक्त नाम चौदण्डी नामाकरण भएको थियो । पूर्खाले यस्ता सम्पदाहरु निर्माण गरिदिएका थिए । तर, हामीले बचाउनुपर्नेमा त्यसतर्फ स्थानीय तह प्रदेश वा संघीय सरकार पुनःनिर्माणमा लाग्नुहतार भइसकेको छ । मर्मत सम्भार र पुनःनिर्माण हुन जरुरी छ ।
२०१५ सालमा नेपालमा पहिलो आमनिर्वाचन भएको थियो । नेपाललाई १ सय ९ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । २०१६साल वैशाख २८ गते अन्तिम निर्वाचनको मत परिणाम प्रकाशित भयो । त्यस परिणामअनुसार नेपाली कांग्रेसले ७४ क्षेत्रमा विजयी भएर ६,६६,८९८ मत पाएको थियो । दोस्रोमा नेपाल राष्ट्रिय गोरखा परिषदले १९ क्षेत्रमा विजयी भएर ३०५११८ मत ल्याएको थियो । तेस्रोमा सं. प्र. पार्टीले ५ क्षेत्रमा विजयी भएर १७७४०८ मत प्राप्त गरे । चौथोमा ने. कम्युनिष्ट पार्टीले ४ क्षेत्रमा विजय प्राप्त ग¥यो र १२९१४२ मत प्राप्त गरेको थियो । ने.प्र. परिषद आचार्य ग्रुपबाट २ क्षेत्र विजयी भएर ५३०२८ मत प्राप्त गरेको थियो । ने.प्र.प. मिश्रले १ क्षेत्रमात्र प्राप्त ५९८२० मत प्राप्त र स्वतन्त्र उम्मेदवार ४ क्षेत्रमा २९१२४७ मत प्राप्त गरेको थियो । यो निर्वाचनमा उदयपुरको ३४ नं. क्षेत्रबाट अम्वरसिंह बस्नेत ने.का.बाट ५६३२ मत प्राप्त गरेर विजयी भएका थिए ।
२०१८ सालको निर्वाचनमा उदयपुर जिल्ला बन्यो । २०६८ सालको राष्ट्रिय जनगणनामा घरपरिवार संख्या ६६५५७, जम्मा जनसंख्या ३१७५३२ मध्ये महिला १६७८२० र पुरुष १४९७१२ भएको थियो । यो जिल्लाको भूूभागलाई पुनःसंरचना हुँदा कटारी नगरपालिका १४ वडा क्षेत्रफल ४१४.८९ वर्ग किमी, जनसंख्या ५६१४६ भयो। दोस्रोमा चौदण्डी गढी नगरपालिका वडा संख्या १०, क्षेत्रफल २८३.७८ वर्ग किमी, जनसंखया ४८५७४ थियो । त्रियुुगा नगरपालिका वडा संख्या १६, क्षेत्रफल ५४७.४३ वर्ग कि.मी र जनसंख्या ८७५५७ थियो । ४ नं मा बेलका नगरपालिका वडा संख्या ९, क्षेत्रफल ३४४.७३ वर्ग कि.मी, जनसंख्या ४२३८६ थियो । ५ नं मा उदयपुर गढी गा.पा वडा संख्या ८, क्षेत्रफल २६९.५१ वर्ग कि.मी र जनसंख्या २०७३१ थियो । ६. ताप्ली गा.पा वडा संख्या ५, क्षेत्रफल ११९.११ वर्ग कि.मी, जनसंख्या १४५६२ थियो । ७. रौतामाई गा.पा वडा संख्या ८, क्षेत्रफल २०४.०८ वर्ग कि.मी, जनसंख्या २३४८१ थियो । ८. सुनकोशी गा.पा, वडा संख्या ५, क्षेत्रफल १०६.८ वर्ग कि.मी, जनसंख्या ११९९२ थियो ।
चौदण्डी गढीको पूर्व वेलका नगरपालिका, पश्चिम त्रियुुगा नगरपालिका, उत्तर भोजपुर र खोटाङ जिल्ला, दक्षिण सप्तरी जिल्ला र केन्द्र भने साविक वेल्टार–वसाह नगरपालिका कार्यालय छ । साविक चौदण्डीको १–९ वटाबाट १ नं वडा भएको, २ नं वडामा साविक वेल्टार–वसाहको ५,६ वडाबाट, ३ नं वडामा ऐ.ऐ को ९,१० वडाबाट, ४ नं वडा ऐ.ऐ ७,८,११ वडाबाट, ५ नं वडामा सुन्दरपुरको १–९ वडाबाट, ६ नं वडामा बेल्टार वसाह २,३ वडाबाट, ७ नं वडामा वेल्टार वसाहको १,४ बाट, ८ नं वडामा सिद्धिपुरको १–९ वडाबाट, ९ नं वडामा हडिया २–६ वडाबाट भएको छ । १० नं वडामा हडियोको १,७,८,९ वडाबाट भएको छ ।
स्रोत ः
१. प्रा.डा. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास, पृ. १३९–१४०
२. शिवकुमार श्रेष्ठ, लिम्बुुवानको ऐतिहासिक अध्ययन, धनकुटा २०४२, पृ. ६–४२
३. केदारप्रसाद न्यौपाने, मकवानपुर परिचय, भाग २, पृ. ५
४. घटराज भट्टराई, नेपालको धार्मिक स्थलहरु, पृ. ९२
५. इतिहास शिरोमणि बाबुराम आचार्य, श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ. ४१४–४१६
६. डिल्लीराज शर्मा, नेपालको किल्ला वास्तुकला, पृ. ८३–८४
७. देवीप्रसाद शर्मा, आधुनिक नेपालको इतिहास, पृ. ३३०–३३२
८. राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन, पृ. १९
९. नेपाल राजपत्र भाग ४ संख्या ५८, मिति २०७३÷११÷२७, पृ. ६७–६८