नागको व्यापारः नाग पञ्चमीको दिन शनिबार हेटौंडाको पिपलबोट चोकमा नागको फोटो बिक्री गर्दै एक महिला । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी घरघरको मुल ढोकामा नाग टाँसेर शनिबार मनाइएको छ । नाग पञ्चमीको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । तस्बिरः साझाकुरा

नाग पञ्चमीको दिन शनिबार हेटौंडाको पिपलबोट चोकमा नागको फोटो बिक्री गर्दै एक महिला । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी घरघरको मुल ढोकामा नाग टाँसेर शनिबार मनाइएको छ । नाग पञ्चमीको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । तस्बिरः साझाकुरा