हेटौंडा/ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ वटा रंगशाला निर्माण गर्ने भएको छ । प्रदेशको १३ जिल्लामा खेलकुद पूर्वाधारहरु योजनाबद्ध रुपमा निर्माण गर्नका लागि बहुवर्षीय तथा क्रमागत आयोजनाहरुलाई मात्र बजेट विनियोजन गरेको प्रदेश सरकारले ११ वटा रंगशालाका लागि ३२ करोड रुपैया“ विनियोजन गरेको छ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चालु आवमा २० वटा कभर्ड हलका लागि ३७ करोड रुपैया“ तथा ३२ वटा खेल मैदानको स्तरोन्नतिका लागि ७ करोड ६२ लाख रुपैया“ विनियोजन गरिएको छ। प्रदेश सरकारले चालु आव २०७७÷०७८ का लागि खेल क्षेत्रमा विनियोजन गरेको बजेट खेलकुद पूर्वाधार निर्माणमा केन्द्रित रहेको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा खुबिराम अधिकारीले बताए। उनका अनुसार खेलक्षेत्रको बजेट प्रदेश सरकार स्थापनास“गै विभिन्न जिल्लामा निर्माण सुरु गरिएको रंगशाला, कभर्ड हल तथा खेल मैदानका स्तरोन्नति तथा खेलकुद गतिविधिका लागि मात्र विनियोजना गरिएको छ। प्रदेश सरकारले खेलक्षेत्रका लागि कुल ७९ करोड १३ लाख रुपैया“ बजेट विनियोजन गरेको अधिकारीले बताए ।
मन्त्रालयले सिन्धुपाल्चोकको चौतारा रंगशालाका लागि सबैभन्दा बढी दश करोड रुपैया“ बजेट विनियोजन गरिएको छ । सिन्धुपाल्चोक सामाजिक विकास मन्त्री युवराज दुलालको गृह जिल्ला हो । मकवानपुरको गौरीटार र सिन्धुलीको सिन्धुली रंगशालालाई चार÷चारकरोड रुपैया“, नुवाकोटको जिल्लास्तरीय रंगशालाका लागि तीनकरोड रुपैया“, सिन्धुलीकै दूधौली रंगशाला र रामेछापको मन्थली रंगशालालाई दुई÷दुईकरोड रुपैया“ विनियोजन गरेको बजेट पुस्तिकामा उल्लेख छ ।
नुवाकोटको सहिद स्मृति रंगशाला शिवपुरी–७ का लागि एकरोड ५० लाख, दोलखाको जिरी रंगशालालाई ९० लाख रुपैया“, धादिङको जिल्लास्तरीय रंगशालालाई ५० लाख, भक्तपुरस्थित चा“गुनारायण–७, मानेडा“डास्थित रग्बी रंगशालाका लागि ४० लाख रुपैया“ मन्त्रालयले विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
‘समग्रमा प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माणका लागि ७६ करोड ६२ लाख रुपैया“ र खेलकुद गतिविधिका लागि २ करोड ५१ लाख रुपैया“ विनियोजन गरेको छ ।’, उनले भने, ‘चितवन जिल्लामा धुर्मसु सुन्तली फाउण्डेसनको अगुवाइमा निर्माधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तीनकरोड रुपैया“ तथा हेटौंडा–६ स्थित निर्माणधिन गौरीटार रंगशालाको वातावरणीय प्रभाव मूल्यांकनका लागि दुईकरोड रुपैया“ छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरिएको छ ।
प्रदेशभर निर्माणाधिन अवस्थामा रहेका रंगशालाहरु मन्त्रालय र खेलकुद परिषद्को प्रत्यक्ष निगरानीमा काम भइरहेको रहेको र कभर्ड हल तथा खेल मैदानको स्तरोन्नतिको काम सम्बन्धित स्थानीय तह र खेलकुद विकास समितिमार्फत् भइरहेको अधिकारीले बताए । प्रदेशको १३ जिल्लामा निर्माणाधिन अवस्थामा रहेका २० वटा कभर्डहलमध्ये १४ वटाको काम यसैवर्ष सकिने र ३२ वटै खेल मैदानको स्तरोन्नति पनि यसैवर्ष सम्पन्न हुने अनुमान मन्त्रालयको छ । मैदान स्तरोन्नतिको काम एकैवर्षमा सकिने गरी बजेट विनियोजन गरिएको छ । ‘क्रमागत र बहुवर्षे योजना भने जारी रहनेछन् ।’, उनले थपे ।
बजेट पुस्तिका अनुसार सुवर्ण शम्शेर क्रिकेट मैदानका लागि ५० लाख रुपैया“ र काठमाडौंको डिल्लीबजारमा महिला क्रिकेट प्रशिक्षण स्थलका लागि ३० लाख रुपैया“ बजेट विनियोजन गरिएको छ । प्रदेश खेलकुद परिषद् सदस्यसचिव सूर्यलाल भण्डारी अनुसार वाग्मती प्रदेश सरकारले साहसिक एवम् पर्यटनमैत्री खेलकुदको सम्भाव्यक्ता अध्ययन र प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छ । ‘पर्यटन प्रबद्र्धनका लागि साहसिक खेलको आवश्यकता रहेको छ । त्यसकारण हामीले सुरु गर्ने तयारी गरेका हौं ।’, उनले भने ।
प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रिय प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक पठाउन करिब तीनकरोड रुपैया“ बजेट रहेको परिषद्ले जनाएको छ ।