हेटौंडा, / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले कम्युनिष्ट पार्टी जुट्ने र फुट्ने काम भइरहने बताएका छन् ।
कम्युनिष्ट पार्टीको फुट्ने र जुट्ने काम निरन्तर भइरहेकोले हालै कम्युनिष्टहरु जुटेर नै नेकपा भएको खतिवडाले बताए । सत्तासिन नेकपाका शिर्ष नेतृत्वबीच पछिल्लो समय देखिएको विवादबारे खवितडाले आफ्नो धारणा राखेका हुन् ।
हेटौंडामा सोमबार भएको पुष्पलाल मित्रता केन्द्रको केन्द्रीय कमिटीद्वारा आयोजित मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै खतिवडाले पार्टी कुनै हालतमा नफ्टे जिकिर गरे । ‘जसले नीति बनायो उसैले नेतृत्व गर्न नसक्ने समस्याले गर्दा थप समस्या सिर्जना भएको हो ।’, खतिवडाले भने । पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका उनले कम्युनिष्ट पार्टीको आन्दोलनको विजारोपण पुष्पलालले गरेको बताए ।
वर्तमान अवस्थामा राष्ट्रवादीको राष्ट्रघाती भन्ने नभएको तर्क खतिवडाको छ । पार्टीको पूर्ण सात पाएर मात्र सरकारले राम्रा काम गर्न सकेको खतिवडाको भनाई छ । कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य मुनु सिग्देलले पार्टीलाई समाजवादमा कसरी पु¥याउन सकिन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताइन् ।
पुष्पलाल मित्रता केन्द्रका रौतहट अध्यक्ष लक्ष्मण रेग्मी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना कुमारी लामा, नेकपा मकवानपुरका नेता श्रीधर पोख्रेल, पूर्व संविधानसभाका सदस्य राजाराम स्याङ्तान, पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय सदस्य रामकुमार एलन लगायतकाको भेलामा आतिथ्यता थियो ।
यसैगरी भेलाले पुष्पलाल मित्रता केन्द्रको मकवापुर कमिटी पनि गठन गरेको छ । मदन कुमार दाहालको नेतृत्वमा ३३ सदस्यीय पुष्पलाल मित्रता केन्द्र जिल्ला कमिटी मकवानपुरको गठन गरेको हो । केन्द्रको जिल्ला उपाध्यक्षमा तेजप्रसाद रुपमाखेती, श्रीजना थिङ, सचिवमा कमान सिं पाख्रिन, उपसचिवमा ईश्वर ढुंगाना, कोषाध्यक्षमा प्रकाश पाण्डे लगायत चयन भएका छन् ।