हेटौंडा, /नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले सरकारले नबनाए व्यक्तिगत लगानीमा राक्सिराङ–४ मा पर्ने परेवाभीरबाट सडक बनाउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा आयोजना गरेर बानियाँले यस्तो प्रतिबद्धता जनाएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परेवाभीरबाट बाटो बन्दै भन्ने प्रतिक्रिया दिएपछि बानियाँले यस्तो घोषाणा गरेका हुन् । ‘प्रदेश सरकारलाई उक्त स्थानमा बजेट हाल्न हरसम्भव प्रयास गर्नेछौं । तर, सरकारले बजेट विनियोजन नगरेको खण्डमा आफ्नो व्यक्तिगत लगानीमा बाटो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’, पत्रकार सम्मेलनमा बानियाँले भने।जनताको माग अनुसार नै परेवाभीर आफ्नो ‘अर्जुन दृष्टि’ बनेकोले संघीय र प्रदेश सरकारबाट नबने व्यक्तिगत खर्चमा पनि बनाउने पत्रकरासम्मेलनमा पटक÷पटक प्रतिबद्धता जनाएका थिए । उनले परेवाभीरको विकल्प नरहेको उल्लेख समेत गरेका छन् । उनले गाउँपालिकाले डीपीआर बनाइसकेको अवस्था टेण्डर प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेका छन् ।
राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभीरबाट सडक बनाउनु परेको उनको भनाइ थियो । त्यहाँका जनता गाँजाको भरिया बनेको भरमा जेल जानुपर्ने अवस्था आएको बताउँदै जनतालाई अवैध गाँजा खेतीको विकल्पमा अन्य खेती प्रणालीमा जोड्न सडक सञ्जाल आवश्यकता रहेको बताए ।
‘परेवाभीर मेरो निर्वाचन क्षेत्रमा पर्छ । त्यसक्षेत्रको समृद्धिका लागि आफ्नोतर्फबाट सदैव प्रयास जारी रहनेछ ।’, उनले थपे । कार्यक्रमकैबीच नेकपा छाडी ५ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।