हेटौंडा,/मकवानपुरका सबै होटल सञ्चालनमा आएका छन् । होटल एसोसिएसन मकवानपुरको बिहीवार बसेको बैठकले होटल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले ४ महिना बढी समय होटलहरु ठप्प थिए । मकवानपुरमा साना–ठूला गरी १ सय ९० वटा होटल सञ्चालनमा छन् । एसोसिएसनका अध्यक्ष शंकर लाल श्रेष्ठले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै होटल सञ्चालन गर्ने निर्णय गरिएको बताए।होटलले ग्राहक बसेको कोठालाई ४८ घण्टासम्म प्रयोगमा नल्याउने भएको छ । ‘ग्राहक बसेको कोठालाई हामीले ४८ घण्टासम्म प्रयोग गर्दैनौं । त्यो कोठालाई सेनिटाइज गर्ने, कपडा धुने गरी सरसफाई गरेपछि पुनः ग्राहक राख्छौं ।’, श्रेष्ठले भने । ग्राहकलाई अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न लगाइने श्रेष्ठले बताए ।लकडाउनको अवधिमा बन्द भएका जिल्लाका सबै होटललाई करिब ६० करोड नोक्सान भएको एसोसिएसनले आंकलन गरेको छ । अध्यक्ष श्रेष्ठले होटल व्यवसायबाट विस्थापित भएको बताएका छन् । तर, यकिन तथ्यांक भने नरहेको उनले बताए । ‘लकडाउनको कारण धेरै होटल व्यवसायी विस्थापित भएका छन् । व्यवसाय नै परिवर्तन गरिसकेको अवस्था छ । तर, कतिले करे यकिन थाहा
छैन ।’, श्रेष्ठले भने ।