हेटौंडा, / बागमती प्रदेशको प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज सुवेदीले सपथ लिएका छन्।
मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार हेटौंडामा उपकुलपति जोशीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । प्रदेश सरकारले १४ साउनमा जेशीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको थियो। मुख्यमन्त्री पौडेलले १ साउनमा सभा आयोजना गर्दै प्रतिष्ठानको कार्य प्रारम्भ गरेका थिए ।
उपकुलपति जोशीको कार्यकाल ४ वर्षको रहनेछ । उनी यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेसको रजिस्ट्रार, अस्पतालकै युरोलोजिष्ट प्रमुख थिए । जोशीले सन् १९७४ मा एमडी (विशेषज्ञता सेवा) र १९८३ मा डाक्टर उपाधि हासिल गरेका छन् । उपकुलपति नियुक्तिसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरू अगाडि बढ्ने प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।
प्रदेशको सामाजिक विकास मनत्रालयले उपकुलपतिको सपथ ग्रहण तथा अन्र्तक्रिया कार्यक्रम राखेको थियो । मन्त्री दुलालले कार्यक्रममा जोशीलाई उपकुलपतिमा नियुक्त गरिएको नियुक्ती पत्र प्रदान गरेका थिए । कार्यक्रममा उपकुलपति जोशीले प्रतिष्ठानको जिम्मेवारी पूरा गर्न अहोरात्र खटिने विश्वास दिलाएका छन् ।
प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री र सहकुलपतिमा सामाजिक विकास मन्त्री रहने व्यवस्था छ । कार्यक्रमको अबसरमा प्रदेशका मुख्य न्यायाधिवक्ता ओम प्रकास थपलियाले प्रतिष्ठान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानको मुख्य उद्देश्य स्वास्थ्यको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने रहेको उनले जानकारी दिए । प्रदेशमा केन्द्रीय स्तरको प्रयोगशाला निर्माण गर्ने र स्वास्थ्य सेवा प्रवाह गर्दै जनतालाई सर्वशुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको थपलियाले बताए ।
मन्त्री दुलालको सभाध्यक्षमा भएको कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभाका सदस्य रामचन्द्र राइ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, प्रदेशसभा सदस्य कुमारी मोक्तान, जुनेली श्रेष्ठ, प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विकेलगायतकाको आतिथ्यता थियो ।
प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्दै छ । प्रतिष्ठानको अध्यापन र कार्यालय हेटौंडा उपमहानगरपालिका– ८, कमानेमा रहनेछ । कमानेस्थित ऐतिहासिक लोकतान्त्रिक पार्कमा निर्माणाधीन भवनमा अध्यापनसहित प्रतिष्ठानको कार्यालय राखिने भएको हो । पार्कको ५ विगाह ७ कठ्ठा ८ धुर क्षेत्रफलमा पक्की भवन निर्माण भइरहेको छ ।
प्रदेश सरकारले कार्यालय स्थापनाका लागि चालू आर्थिक वर्षमा २०७७÷०७८ मा ६ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ । आउँदो आर्थिक वर्षबाट स्वास्थ्य क्षेत्रका लागि चिकित्सक उत्पादन गर्ने उद्देश्यसहित अध्यापनसहितको काम थालिने भएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।