हेटौंडा, /भारतसहित तराईबाट हेटौंडा प्रवेश गर्ने मुख्य नाकामा प्रहरीले सीसी क्यामेराबाट नियमित निगरानी गर्ने भएको छ ।बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडासहित प्रदेशको मुख्य नाकामा सीसी क्यामेरा राखेर निगरानी गर्ने तयारी थालेको छ ।
कार्यालयले सर्वप्रथम हेटौंडा प्रवेश गर्ने रातोमाटे चेकपोष्टमा सीसी क्यामेराबाट निगरानी गर्न सुरु गर्ने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले जानकारी दिए ।
प्रदेशको आन्तरिक सुरक्षाका लागि प्राविधिक माध्यमबाट निगरानी गर्ने तयारी थालिएको लामाले बताए । कार्यालयले बागमती प्रदेश प्रवेश गर्ने हेटौंडाको रातोमाटे, खासा केरुङ नाका, भारतबाट प्रदेश प्रवेश गर्ने विभिन्न नाकामा सीसी क्यामेरााख्ने तयारी गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटको व्यवस्था गर्ने भएको छ ।
कार्यालयले प्रदेशका १० वटै जिल्लाका सदरमुकाममा पनि सीसी क्यामेरा राख्ने भएको छ । प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सीसी क्यामेरा राख्न लागिएको प्रदेश प्रहरी प्रमुख लामाले जानकारी दिए ।लामाले सीसी क्यामेरा राख्दा अपराधिक क्रियाकलाप पनि घट्ने लामाको भनाई छ । प्रदेशमा शान्ति सुरक्षा कायम राख्न र अपराधमा संलग्नलाई पक्राउ गर्न सीसी क्यामेरा महत्वपूर्ण भएको लामाले बताए ।