हेटौंडा/हेटौंडा–२ स्थित मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको स्थापना दिवसको अवसरमा सडक बालबालिकाको संरक्षण गर्दै आएको मामाघर नेपाललाई सहयोग गरेको छ ।हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ ।
सडक बालबालिकाको उद्दार, संरक्षण र सम्भव भएसम्म परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई सहकारीले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको हो ।२३ औं स्थापना दिवसको अवसरमा सहकारीका अध्यक्ष मीठ्ठाराम दाहाल, उपाध्यक्ष एकालाल श्रेष्ठ, सचिव रामजी सापकोटा, कोषाध्यक्ष केशव देवकोटा, व्यवस्थापक बद्रीप्रसाद भण्डारीसहित सहकारीका पदाधिकारी एवम् कर्मचारीको समूहले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई शनिबार सहयोग रकम हस्तान्तरण गरेको हो । सहकारीले स्थापना दिवसको अवसरमा सामाजिक संघसंस्थालाई सहयोग गर्दै आइरहेको छ ।