हेटौंडा,/ कोठामा लुकाइ राखेको अवस्थामा लागूऔषध चरेश फेला परेपछि मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरका एक व्यक्ति पक्राउ परेका छन् ।चन्द्रागिरी नगरपालिका–५ दाउरा डिपोमा डेरा गरी बस्ने थाहा नगरका ४२ वर्षीय देवेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनको डेराबाट खानतलासी गर्दा १ किलो १ सय ६० ग्राम चरेश फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।
थाहा नगरपालिका–७ घर भएका उनले धादिङबाट चरेश ल्याएर स–साना पाकेट बनाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । उनको कोठामा चरेश प्याकिङ गर्ने कागज र तराजु पनि फेला परेको प्रहरीले जनाएको छ ।