हेटौंडा/जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताह २०२० हेटौंडामा जारी रहेको छ । जेसीज सप्ताहअन्तर्गत आइतबार आयोजना गरेको स्लो स्कुटी प्रतियोगितामा रमना लामा प्रथम, जैसा नेगी द्वितीय र शिखा भट्टराई तृतीय भएका छन् ।
हेटौंडा–९ सिमेन्टरोडमा भएको प्रतियोगितामा २६ जना सहभागी थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्ज प्रहरी निरीक्षक देवराज काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा जेसीआई हेटौंडा लेडीका पूर्वअध्यक्ष निशा रोक्का, अस्मिता श्रेष्ठ, गल्फ लुब्रिकेन्ट्सका हिरामणि त्रितालको पनि उपस्थिति रहेको थियो । स्लो स्कुटी प्रतियोगितामा गल्फ लुब्रिकेन्ट्सले प्रायोजना गरेको हो ।
स्लो स्कुटी प्रतियोगिता कविता पौडेलको संयोजकत्वमा भएको हो । यस वर्षको जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक सृष्टि गोर्खाली हुन् भने सहमूल कार्यक्रम संयोजक लिला पुलामी मगर रहेकी छन्