हेटौंडा/ अदालतले राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहका एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने बाँकीलाई तारेखमा रिहा गरेको छ ।
जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। त्यस्तै, चालकमान दोङ, सञ्जय भन्ने हुत्तबहादुर तामाङ र सन्जिवकुमार घिसिङ धरौटी तारेखमा छुटेका छन् । उनीहरुलाई जनही १५ हजार धरौटी तोकिएको थियो । त्यस्तै, लाबु तामाङ भन्ने लबाङमाया तामाङ, मिमबहादुर बोम्जन, कमलबहादुर तामाङ, अरुण थामी, सन्तबहादुर योञ्जनलाई साधारण तारेखमा
रिहा गरेको छ । आइतबार अदालतमा थुनछेक बहस भईरहँदा बाहिर भने उनीहरुको समर्थकले नाराबाजी गरेका थिए । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा राष्ट्रिय झण्डा जलाउँदै बाहुन क्षेत्री र हिन्दु धर्मलाई गालिगलौज गरिएको थियो । मंगोल हप अफिसियल युट्युव च्यानलबाट भदौ १ गते सार्वजनिक भएको भिडियोको अभिव्यक्चौतर्फी विरोध भएको थियो भने कारवाहीका लागि उजुरी समेत परेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले भिडियोमा संलग्न १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।