हेटौंडा, / महिला हिंसाविरुद्ध सचेतना अभियान चलाइएको छ ।हेटौंडाको न्यू क्रियशन स्टुडियोले हिंसाका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै सचेत गराउने अभियान थालेको हो ।पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेको भन्दै रचनात्मक अभियान सुरु गरिएको हो । हिंसाका घटनालाई तस्बिरमार्फत बास्तविक र यथार्थपरक चित्रण गर्न खोजिएको छ ।तस्बिरमा हिंसा र नारी शक्तिको अबमुल्यन गरिने धटनाहरुलाइ चित्रन गर्न खोजिएको क्रियशन स्टुडियोका आदर्श पराजुलीले जानकारी दिएका छन् । स्टुडियोको आधिकारीक फेसबुक पेजबाट सोमबार हिंसामा परेका तस्बिरहरु सार्वजनिक गरिएको छ । पराजुलीको कन्सेप्ट तथा निर्देशनमा स्वीकृती ढुङ्गेलले हिंसामा परेकी नारीको भूमिका निर्वाह गरेकी छन् । मेक अपको जिम्मेवारी दी सुष्मा मेक अपले लिएको छ । हाल बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग परिसरमा एक युवतीले विद्यालयको पोशाकमा हातले कपी च्यापेर हिँडिरहेको देखिन्छ । सोही अवस्थामा युवाहरुको समूहले उनलाई बाटोमा जिस्क्याएका छन् । त्यसपछि ढुंगेल भाग्छिन् तर, युवाहरुले उनलाई समातेपछि बलात्कार गरेको घटना तस्बिरबाट देखाउन खोजिएको छ। बलात्कारको शिकार भएकी युवतीको मृत्यु हुन्छ । त्यसपछि दुर्गाको अवतारमा उनको आत्म आएर यौनहिंसा गर्ने युवाहरुको ज्यान लिएको तस्बिरबाट देखाउन खोजिएको स्टुडियोका पराजुलीले बताए । ‘हरेक नारी देवीको रुप हुन् र जसरी आमाको सम्मान गरिन्छ, त्यसैगरी नारीको पनि सम्मान गर्न सिकौँ भन्ने सन्देश स्टुडियोको रहेको छ ।’, पराजुलीले भने ।