हेटौंडा/ चितवनको रामपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ दिने भएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको क्रिकेट रंगशाला निर्माणमा सहज पु¥याउने उद्देश्यले प्रदेश सरकारले रकम सहयोग गरेको हो । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।
क्रिकेट रंगशालाको लागि ७० मिटर व्यास भएको क्रिकेट मैदान तयार हुँदैछ । जेठ २०७६ मा स्थानीयले जग्गा विवादको क्रममा निर्माण क्षेत्रमा लगाएको जस्ताको अस्थायी बार डोजर लगाएर भत्काइदिएका थिए ।
त्यसपछि रंगशाला निर्माण केही समय अनिश्चित बन्न पुग्यो । उक्त घटनापछि आर्थिक संकलन राम्रोसँग चल्न सकेको छैन ।चितवनका स्थानीय तहले रंगशाला निर्माणमा जुट्ने प्रतिवद्धता देखाएपछि फाउण्डेसन साउन २०७६ देखि निर्माण कार्यलाई निरन्तरा दिएको थियो ।रंगशाला निर्माण स्थलभित्रै नमुना क्रिकेट मैदान पनि निर्माण गरिएको छ। उक्त मैदानमा कोरोना महामारी अघिसम्म जिल्लास्तरीय क्रिकेट प्रतियोगिता तथा मैत्रीपूर्ण खेलहरु आयोजना गरिएको थियो ।
प्रदेश सरकारले धुर्मुश–सुन्तली फाउण्डेसनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि अनुदान रकम दिन लागको मन्त्री ढुंगेलले बताए ।
कोरोना महामारीको समयमा पनि फाण्डेशनले रंगशाला निर्माणलाई निरन्तरा दिएको भन्दै सरकारले रकम उपलब्ध गराएको उनको भनाइ छ । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । फाउण्डेशनले देश–विदेशका नेपालीहरुले दिने सहयोगबाट रंगशाला बनाउने महत्वकाक्षी योजना अघि सारेको थियो ।