हेटौंडा/मकवानपुरगढी गाउँपालिका–४ मनकामनाचोक भ¥याङका महिला वन नर्सरीदेखि तरकारी खेतीमा सक्रिय भएका छन् ।
४ नम्बर वडाको बन्दडाँडाका महिलाले कृषम समूह दर्ता गरी वन विभागको सहयोगले वन नर्सरी नै चलाएका हुन्। २६ जना महिला आवद्ध भएको समूहले नर्सरीबाट विरुवा उत्पादन गर्दै बिक्रि पनि गरिरहेका छन् । नर्सरीमा वनजन्य विरुवा, घाँस र मौसमी तरकारीको विरुवा उत्पादन
गरिरहेको समूहकी अध्यक्ष जानुका माया हमालले जानकारी दिएकी छन् ।
वन नर्सरी मात्र होइन, समूहम आवद्ध करिब १२ देखि १४ जना महिलाहरुले व्यक्तिगत रुपमा तरकारी खेती पनि गरेका छन् । उनीहरुले आफ्नो बारीमा तरकारी खेती गर्दै आएको समूही अध्यक्ष हमालले जानकारी दिइन् । मनकामनाका महिलाहरुलाई तरकारी खरिद गर्न हेटौंडा बजार आउनु पर्ने बाध्यता हटेको उनी सुनाउँछिन् ।
‘तरकारी किनेर खानुपर्ने बाध्यता थियो । अब यहाँका महिलाले तरकारी किन्नकै लागि हेटौंडा बजार गइराख्नु पर्दैन्। धेरैले तरकारी खेती गर्दै आइरहनु भएको छ ।’, हमाल भन्छिन् । उनका अनुसार तरकारी खेती गर्दै आएका महिलाले दैनिक २ सयदेखि ३० सय रुपैयाँ आम्दानी पनि गरिरहेका छन्। उत्पादित तरकारी हेटौंडा बजारससम्म बिक्रि गरेर आम्दानी गर्ने गरेको हमालको भनाई छ ।
तरकारी खेतीले बेरोजगार महिला अहिले स्वरोजगार भएको समूहकी सचिव सरिता नेगीले बताइन् । घर खर्च र बचत गर्न पुगेको उनले सुनाइन् । नर्सरी र तरकारी खेतीको लागि महिलाहरुलाई पानीको भने दुःख भएको अध्यक्ष हमालले गुनासो गरेकी छन् । महिलाहरुले १ लाख ४० हजार रुपैयाँ लागतमा खोल्सीबाट मोटरको सहायता पानी बारीसम्म ल्यापु¥याएका छन् ।
यसैगरी समूहले चलाएको नर्सरीमा अमला, तेजपता, अशोक ईपिल लगायतका करिब ४० हजार वनजन्य विरुवा रहेको हमालले बताएकी छन्। उक्त विरुवा प्रतिगोटा १० रुपैयाँले बिक्रि भइरहेको उनको भनाई छ । समूहले हालसम्म करिब ६ बजार बराबरको विरुवा बिक्रि गरिसकेको छ । उत्पादित विरुवा समूहका सदस्यलाई भने निःशुल्क दिइने हमालले बताइन् ।
गाउँपालिकाको कृषि विकास शाखाको सहयोगले २०७५ मा समूह दर्ता भएको हो । करेला खेती सम्बन्धी तालिम लिएका महिलाहरुले आफैं नर्सरी चलाउने अठोटले अघि बढेका हुन् । नर्सरी रेखदेख गर्न एकजना महिलाले रोजगार पनि पाएकी छन् । रेखदेख गर्नेलाई वार्षिक ३० हजार र जग्गा भाडा वापत ३० हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता समूहलाई रहेको अध्यक्ष हमाल बताउँछिन् ।
समूहले बन्दडाँडामै १० कठ्ठा क्षेत्रफलमा अदुवा खेती पनि गरेको छ । चैतमा समूहले बेसार लगाएको हमालले सुनाइन् । ्र
‘नर्सरी मात्र होइन, आम्दानीको लागि समूहले अदुवा पनि लगाएको छ । आयस्रोत बढाउन हामी कृषिमा अझै योजना ल्याइरहेका छौं ।’, हमालले भनिन् । वन विभागले आर्थिक सहयोग गरेपछि महिलाहरुले गत आर्थिक वर्ष २०७६÷०७७ देखि नर्सरी चलाएका हुन् ।
गाउँपालिकाले महिलाहरुको मिहेनत देखेर समूहलाई हाते ट्याक्टर, कोदो झार्ने थ्रेसर, घाँस काट्ने च्यापकटर, मकै पिस्ने मेसिन दिएको छ । कृषिलाई यान्त्रिकरण गर्नका लागि गाउँपालिकाले मिहेनती महिलाहरुलाई सहयोग गरेको गाउँपालिका कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए । गाउँपालिकाले कृषि उत्पादनमा लाग्ने कृषकहरुलाई प्राथमिकताका साथ सहयोग गर्दै आइरहेको छ ।