हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबैध लागूऔषध गा“जाखेतीको विषयमा बोल्न जिम्मेवार ढंगबाट प्रस्तुत हुन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले तत्कालै लागूऔषधको रुपमा परिभाषित गाँजा खेतीलाई प्रोत्साहन गर्ने गरी प्रस्तुत नहुन जनप्रतिनिधिहरुलाई आग्रह
गरेका छन् ।आइतबार हेटौंडामा आयोजित जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले गा“जा खेतीलाई बैधानिकता प्रदान नगरेसम्म यसको खेतीलाई प्रोत्साहन गर्न नहुने औंल्याएका हुन् । उनले पछिल्लो समय जनप्रतिनिधिका कारण प्रदेशका विभिन्न जिल्लाहरुमा गा“जा खेती बढिरहेको भन्दै जिम्मेवार ढंगबाट प्रस्तुत हुन आग्रह गरेकाहुन् ।
पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभामा गा“जा खेतीलाई बैधानिकता दिने विषयमा बहस भइरहेको समयमा मुख्यमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा लकडाउनको अवधिमा गा“जा खेती गर्नेको संख्या बढेको सरकारी प्रतिवेदनहरुले देखाएको बताउँदै मुख्यमन्त्री पौडेलले यो संवेदनशील विषय भएका कारण सवै जिम्मेवार ढंगबाट अगाडि बढ्न जरुरी रहेको बताए । सरकारको नेतृत्व गर्नेहरुले गा“जा लगाउन प्रोत्साहन गर्ने गरी काम गर्न नहुने मुख्यमन्त्री पौडेलको तर्क थियो ।
‘कानुनले गा“जा खेतीलाई अबैध भनिरहेको छ । यस्तो अवस्थामा सरकारको नेतृत्व गर्ने साथीहरुले गा“जाखेती गर्न प्रोत्साहन गरिरहेका छन् । यो गलत हो। गा“जालाई बैधानिकता दिनका लागि पहल गरौं । अनिमात्र खेतीका लागि प्रोत्साहन गरौं । जबसम्म सरकारले अबैध भन्छ । तबसम्म खेती गर्न प्रोत्साहन गर्नु गलत हुनेछ ।’, उनले भने,‘ जनप्रतिनिधिले गा“जा लगाउन प्रोत्साहन गर्ने, अनि भोलिका दिनमा गा“जा खेती गर्नेलाई जेल हाल्नुपर्ने अवस्था सिर्जना भए त्यसको जिम्मेवारी कस्ले लिन्छ ?’
फरक प्रशंगमा बोल्दै मुख्यमन्त्री पौडेलले संघीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताए । विकासको पूर्वाधार भनेको डोजरले सडक बनाउनु मात्र नभएको जनप्रतिनिधिलाई बुझ्न उनले आग्रह गरे । जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्नुपर्ने उनको धारणा छ । मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिए । उनले झोलुंगे पुल, कृषि सडक, सिँचाई, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरिरहेको बताए ।
कार्यक्रममा कोरोना–१९ जोखिम न्यूनीकरणका लागि योगदान पु¥याएको भन्दै हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईं, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठ, खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका नारायण थिङ, मनहरीका कृषक हरिशरण अर्याल, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, सीसीडीएन नेपाल, प्लान नेपाल, उद्योग संघ मकवानपुर, उद्योग बाणिज्य संघ मकवानपुर, उद्योग परिसंघ वाग्मती प्रदेश र सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईंलगायत संघसंस्थाहरूलाई सम्मान गरिएको थियो ।
बैठकमा मकवानपुर जिल्लामा रहेको दशवटा स्थानीय तहले गतआर्थिक वर्षमा सम्पन्न गरेको योजना तथा बजेट खर्चको अवस्था तथा चालु आर्थिक वर्षको नीति तथा योजनाको विषयमा छलफल भएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा बैठक भएको थियो । कार्यक्रममा मकवानपुरका १० वटै स्थानिय तहका प्रमुख र उपप्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेश सांसदहरू प्रेमबहादुर पुलामी, सन्तबहादुर प्रजा, ओम ग्लान, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरे, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।