हेटौंडा/ हेटौंडा स्थायी ठेगाना भएका एक वृद्धको चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण बिहीवार बिहान मृत्युु भएको छ । हेटौंडा उपमहानगरपालिका–६ घर भएका ८२ वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् । १५ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएका वृद्धमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उनको उपचार गरिएको अस्पतालले जनाएको छ ।